इटहरी । क्रिकेट खेलको प्रशिक्षण  लागि श्रीलकंका जाने अवसर पाएका सुन्दर हरैचाका दुई क्रिकेट खेलाडीलाई इनद्रपुर क्रिकेट क्लव र सुन्दरहरैचा नगरपालिकाले सम्मान तथा विदाई गरेको छ ।

इन्द्रपुरका क्रिकेट खेलाडी रुपेश खड्का र असिम सुन्दासलाई एक कार्यक्रमको आयोजना गरी सम्मान तथा विदाई गरिएको हो । इन्द्रपुर क्रिकेट क्लबको आयोजनामा सम्पन्न सम्मान तथा विदाई कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालले प्रक्षिणका लागि श्रीलकां जाने अवसर पाएका खेलाडीहरुलाई सम्मान गर्दै नगद २५हजार नगरपालिकाको तर्फबाट सहयोग गर्ने जानकारी दिए । सम्मान कार्यक्रममा नरपालिकाकी उपप्रमुख धनमाया तामागं, वडा नम्वर १२का वडा अध्यक्ष रोशन ढकाल, कोशी हरैचा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज चापागाई, इन्द्रपुर क्रिकेट क्लवका अध्यक्ष विक्की थापा लगायतले खेलाडीहरुलाई सफलताको शुभकामना दिएका थिए । इन्द्रपुर क्रिकेट क्लव आवद्ध खेलाडीद्धय खडका र सुन्दास प्रशिक्षणका लागि मेकसस क्रिकेट एकेडेमी पुगेका युवा खेलाडीहरु पुनः त्यहाँबाट समेत छनौट भई श्रीलंका प्रशिक्षणमा जान लागेको इन्द्रपुर क्लवका पुर्व अध्यक्ष प्रमेन्द्र केसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया