माेरङ/ नेकपा माअाेवादी विप्लव समूहले सुन्दर हरैचा नगरपालिका वार्ड नं ४ दुरालीमा राखेकाे वमलाई सेनाकाे डिस्पाेजल टिमलेद्वारा डिस्पाेज गरिएकाे छ । ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी प्रमुख राम जी कट्वालले सुन्दरहरैचा नगरपालिका वार्ड नं ४ दुरालीमा दुईवटा पहेला रङ्गमका टिनका वट्टामा वम फेला परेकाे पुष्ठी गरेका छन् । प्रहरी प्रमुख कट्वालका अनुसार जनतालाई अातंकित पार्ने उद्देश्यकासाथ उक्त टिनका वट्टामा केही विस्फाेटक पदार्थ राखिएकाे तर खवर पाउनसाथ प्रहरी त्यहाँ पुगेर सुरक्षा दिएकाे र तुरुन्तै सेनाकाे वम डिस्पाेजल टिमले साे स्थानमा पुगेर अातंकित पार्न राखिएका ती टिनका वट्टा हटाएकाे थियाे । सुरुमा स्थाथियवासीमा केही त्रासजस्ताे देखिए पनि अहिले त्यहाँकाे अवस्था सामान्य रहेकाे वताए । विप्लव समूहकाे वम अातंकले गर्दा बेलबारी र सुन्दर हरैचाका धेरैजसाे संस्थागत विद्यालयहरु बन्द गरिएकाे थिए ।

तपाईको प्रतिक्रिया