इटहरी । इटहरी ब्याटमिन्टन क्लबमा भएको राष्ट्रिय ब्याटमिन्टन खेल प्रतियोगितामा नेपालको बिभिन्न स्थानका खेलाडीहरुको सहभागीता रहेको थियो तर यस क्षेत्रमा प्रवेश गरेको छोटो अवधिमा अरुको नाममा रहेको राष्ट्रिय किर्तिमानमाथि आफुले कब्जा जमाउँछु भन्ने झापाकी जेसिका गुरुङ्गले कल्पनासम्म गरेकी थिईनन् ।
उमेरले आफुभन्दा ११ बर्ष जेठी नपाली सेनाकी उत्कृष्ठ एवम दुई पटकसम्म राष्ट्रिय उपाधी प्राप्त ब्याटमिन्टन खेलाडी नङसलदेवी तामाङ्गको नाममा रहेका राष्ट्रिय उपाधी इटहरीमा तामाङ्गलाई नै पराजित गर्दै जेसिकाले हात पारेकी हुन ।
महिला एकलको प्रतिस्पर्धामा जेसिका गुरुङ्गले नेपाली सेनाको रसिला महर्जनलाई सोझो सेट २१–१३, २१–१६ को अन्तरले पराजित गर्दै सातौ पुष्पलाल स्मृति ¥याङ्गकिङ्ग राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिताका उपाधीमाथि कब्जा जमाउन सफल भएकी छिन । यसैगरी अन्ण्डर १९ महिला तर्फको एकल प्रतिस्पर्धामा पनि नेपाली सेनाकै रसिला महर्जनलाई २१–१४, २१–१६ कै सोझो सेटले पराजित गर्दै दोस्रो राष्ट्रिय किर्तिमान बनाउने सफलता प नि जेसिका गुरुङ्गले उम्किन दिईनन ।
आफुले वि.सं. २०७३–२०७४ मा लगातार दुई बर्ष राष्ट्रिय किर्तिमान बनाएकी भोजपुर डाँडागाउँकी नेपाली सेनाको खेलाडी नङसल तामाङ्गले मौसम र कमजोर तालिमकै कारणले आफ्नो नाममा रहेको राष्ट्रिय च्याम्पियनको उपाधी इटहरीमा खेल्दा गुमेको धारण व्यत्त गरिन् ।

तपाईको प्रतिक्रिया