चन्दन रौनियार सुनसरी बैशाख २९/दुहवी नगरपालिकाको सहयोगमा तथा जनहित नेपाल दुहवी द्वारा संचालित ३ महिने निशुल्क सिलाई कटाई तालिम सम्पन्न भएको छ । जनहित नेपालको कार्यालयमा संचालित सो तालिममा दुहवी नगरपालिका वडा नम्वर ३, ५ र ६ का १०० जना महिलाहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा दुहवी नगरपालिका वडा नम्वर ३, ५ र ६ का वडाध्यक्ष माधव बहादुर भण्डारी ,रमेश रौनियार ,मुन्ना साह र संस्थाका अध्यक्ष सरोज कुमार सिंहले सिकेको सीप व्यवहारमा उतारेर आयमुलक काम गर्न यस तालिमले महत्वपूर्ण भूमिका खेल्ने र तालिममा सिकेको कुरालाइ व्यहारमा लागु गरे मात्र तालिमको औचित्य हुने बताएका छन् । सौ कार्यक्रम का अतिथि हरु स्थानीय पत्रकार चन्दन रौनियार ,अकबर अलि, प्रेम गिरी , समाज सेवी मुक्तिबाबू रेग्मी ३,५,६का वडा सदस्य मैना राई , मीन बहादुर मगर ,जीवन लुटेल ,मीन झा ,लिलम पास्वान ,देवन्नदन खतवे अादि । तालिमका प्रशिक्षक रहँनु भएकी कविता रेग्मीले सीप सिके मात्र आत्म निर्भर वन्न सक्ने बताउदै सवै भन्दा महत्वपुर्ण सिप भएको बताइन । समापन कार्यक्रममा उत्कृष्ठ ७ जनालाइ निशुल्क सिलाइ मेसिन प्रदान गरिएको थियो । कार्यक्रम संचालन संस्थाका सह–सचिव शिव कुमार उराव र संस्थाका कोषाध्यक्ष सुनिल कुमार झा ले गरेका थिए ।

तपाईको प्रतिक्रिया