अन्जना निरौला/इटहरी
पूर्वको पर्यटकीय क्षेत्रको रुपमा बिकास हुदै आएको इटहरीको तालतलैया निकै लोकप्रिय स्थान बन्दै आएको छ । सामुदायिक वनको रुपमा रहेको तालतलैयालाई स्थानीय तथा उपमहानगरपालिको पहलमा यसलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गरिएको हो । ७६ दशमलब ७५ हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैया बोटिंग, घोडचढी, आर्कषक पोखरी, जलक्रिडा, बालमैत्रिपार्क तथा प्राकृतिक सुन्दरताका कारण आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न थालेको हो ।
प्रदेश नम्बर एकको प्राकृतिक पर्यटनको एउटा आकर्षक गन्तब्य जैविक पर्यटनको केन्द्रका रुपमा हेरिएको सुनसरी स्थित तालतलैया पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाई बन्न थालेको छ । तर स्थानीय निकाय अन्तर्गत उपमहानगरपालिका र तालतलैया बिकास तथा संरक्षण समितिको आन्तरिक स्रोतबाट नि

कै राम्रो बजेट निकाल्ने तालतलैयामा भने साना साना कुरा ध्यान नदिदा कुरुप बन्दै आएको छ ।
तालतलैयाको सौन्दर्यता नियाल्न इटहरी आएका पनि तालको कुरुपता देखेर लज्जीत बन्ने गरेका छन । शुन्दर तालतलैयाको जलकुभीका कारण कुरुपता बढेको भन्दै वाईसिएल इटहरी नगर कमिटीले सरसफाई अभियान सुरु गरेको इटहरी नगर कमिटी अध्यक्ष नविन तामाङ्गले बताए
तालतलैया क्षेत्रमा वाईसिएल इटहरी नगर कमिटीले जलकुम्भी झार हटाउन लागि परेका छन् । उनीहरुले आज तालमा रहेको जलकुम्भी झार निकालेका हुन् ।
तालको सौन्दर्यता अबलोकनको लागि आएपनि कुरुपता देखिन थालेपछी सरसफाई गरिएको उनिहरुले बताएका छन् । झार हटाएर तालको सुन्दरता बचाउन इटहरीमा रहेका बिभिन्न संघसंस्थाले अभियाननै चलाएको भएपनि यसलाई निर्मुल पार्न भने सकिएको छैन । तालबाट बिभिन्न संघसंस्थाको सक्रियतामा बर्षेनी जलकुम्भी निकाल्ने गरिएको छ । जलकुम्भी झार निराकरणको दिर्घकालिन उपाय नखोजे तालको भबिश्यनै संकटमा पर्ने युवाहरुले बताएका छन् । धरानबाट तालतलैया भ्रमणका लागि आएका राम कार्कीले आकर्षक गन्तव्यस्थल भए पनि सरसफाइमा विशेष चासो दिनुपर्ने बताए । तालतलैया पर्यटकीय क्षेत्रमा सरसफाइ कम हुँदा कतिपय अवस्थामा पर्यटकहरु आएर लामो समयसम्म बस्ने सक्तैनन । तालतलैयाको संरक्षणको नाममा खुलेका संघसंस्थाले तालको संरक्षणमा उचित काम गर्न नसकेको स्थानियले गुनासो गरेका छन् । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेका कारण इटहरीको पर्यटन विकासमा तालतलैयाले मुख्य भुमिका निर्वाह गर्नसक्ने देखिएको छ ।
दैनिक हजारौँको संख्यामा पर्यटक आउने तालतलैया क्षेत्रका साथै तलाउ र प्राकृतिक सुन्दरताको अवलोकनका लागि महत्वपुर्ण गन्तब्य बन्न सक्छ ।
स्थानीय सरकारले पनि यो क्षेत्रको बृहत्तर विकास र प्रचार÷प्रसारमा जोड दिने हो भने तालतलैया प्रदेश एकको एउटा प्रकृतिक पर्यटनको आकर्षक गन्तब्य बन्न सक्ने वाईसिएल इटहरी नगर कमिटी सचिब सरोज गिरीले बताए ।

तपाईको प्रतिक्रिया