अन्जना निरौला/ईटहरी  पुर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको ईटहरीमा रहेको टेंग्रा  खोलाको पुल जिर्ण अवस्थामा पुगेको छ । केहि समय अगाडि ट्रिपरले ठक्करबाट पुलको उत्तर तर्फको रेलिङ भत्किए पछि पुलको अवस्था अझ नाजुक बनेको छ दैनिक जसो हजारौँ साना – तथा ठुला सवारी साधान आवत–जावत गर्ने पुलमा हुने चाप कम गर्ने भन्दै पुलको दुवै तर्फ फुट ब्रीज’ बनाइए पनि मुख्य पुलको अवस्था भने अझै पनि उस्तै छ ।

पुर्वपश्चिम राजमार्ग अन्तरगत इटहरीको टेंग्रा पुल पुन निर्माण नहुँदा सवारी दुर्घटनाको सम्भावना संगै जोखिम पनि बढेको छ । सम्बन्धित निकायले भत्किएको पुलको मर्मतमा कुनै चासो नराख्दा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य बनेका छन । पुलको आधा भाग भत्किएपछि दैनिक गुडने सवारीसाधन तथा पैदल यात्रीहरू पनी मार्कामा पर्ने गरेका छन ।

एक त खाल्डा खुल्डि सडक समयमै मर्मत नहुनु र त्यसमा पनि जोखिममा रहेको पुल समेत भत्किनुले सवारीसाधनहरू आवत जावतमा समस्या हुने गरेको हो । पुल निर्माणको ५० बर्ष पुरा भइसकेको र पटक पटक सडक बिभागले पनि खतराको संकेत दिइरहदा सरकार पक्षबाट पुन निर्माणका लागि पर्याप्त बजेट बिनियोजन नभएपछि इटहरीको टेंग्रा पुल झनै जोखिममा परेको छ ।
पुर्व पश्चिम सडक मार्गलाइ जोड्ने  पुल भएकाले मानिसहरु ज्यान जोखिममा राखेर आवजावत गर्न बाध्य भएका छन् । पुल निर्माण भऐको ५० वर्ष कटेता पनि पुलको पुर्न निमार्ण हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया