इटहरी । लिटल फाल्ओर सेकेन्डरी इङ्गलीस बोर्डीङ्ग स्कुल मा शैक्षिक शत्र २०७५ को विद्यार्थी प्रतिनिधि छनोटका लागि मतदान भएको छ ।
कक्षा १ देखि कक्षा १० सम्मका कूल ७०६ विद्यार्थी मतदाता रहेका छन । त्यसैगरी ११ पदको लागी ४४ जनाको उमेदवारी परेको छ । स्कुल प्रिफेक्ट मा ५ जनाको उमेदवारी परेको छ भने स्कुल भाइस प्रिफेक्टमा पनी पाँच जनाको उमेदवारी परेको छ । त्यसैगरी हाउस क्याप्टेनमा २२ जना र हाउस भाइस क्याप्टेनमा १७ जनाको उमेदवारी रहेको निर्वाचन समितीका निर्वाचन आयुक्त सोहन बरालले बताए ।
मतदान गरी छात्र र छात्रा प्रतिनिधि छनोट गर्दा जित्नेहरुले जिम्वेवारी वोध गर्ने र हार्नेहरुमा हार स्वीकार गर्न सक्ने क्षमताको विकास हुने विद्यालयका प्रिन्सिपल राजकुमार सापकोटाले बताए ।
बालबालिकाहरूलाई चुनाव के हो, मतदान कसरी गर्ने, सदर र बदर मत कसरी छुट्याउने, प्रजातान्त्रिक प्रक्रियाद्वारा आप्mनो प्रतिनिधि आफैले कसरी चयन गर्ने लगायतका विषयमा विज्ञ बनाउनका लागि पनि यो चुनावी माहौल ल्याइएको र यसले राष्ट्रिय चुनावी माहौल बुझ्न बालबालिकाहरूलाई सहज हुने कुरा विद्यालयका मुख्य निर्वाचन आयुक्त उद्वव रेग्मीले बताए ।
स्कुलमा कोही भोट मागिरहेका थिए, कोही भोट दिन लामवद्ध थिए । स्कुलमा आफुले नेतुत्व गर्न सक्ने भन्दै उमेदवारी दिएको कुसुम सापकोटाले बताइन ।
प्रत्यक्ष चुनावी प्रक्रियामा उक्त विद्यालयका विद्यार्थीहरुले आफ्ना स्कुल भाइस प्रिफेक्ट , स्कुल भाइस प्रिफेक्ट, हाउस क्याप्टेन, हाउस भाइस क्याप्टेन छान्न निर्वाचन गरेका हुन ।

 

तपाईको प्रतिक्रिया