इटहरी । सुनसरीको इटहरीमा रहेको नागी डान्स सेन्टरद्धारा आयोजित अन्तर बिद्यालय एकल नृत्य प्रतियोगीता नाचनाच भाग तिनको अन्तिम फाईनल कार्यक्रम सम्पन्न भएको छ । उत्त नृत्य प्रतियोगितामा इटहरीका २५ वटा बिद्यालयले भाग लिएको थियो ।
इटहरीको ओसियन पार्कमा भएको फाईनल कार्यक्रममा ११ वटा स्कुलका बिश जना बिद्यार्थीहरु सहभागी रहेको छन् । उक्त बिश जनाबाट छनौट भएका मध्य प्रथमहुनेमा हाम्रो इंङलिस र्बोिर्डङ्ग स्कुलका बिद्यार्थी पुनम चम्लागाँई, दोस्रोमा ज्ञानोदय एकेडेमीका बिद्यार्थी मनिस थापा तेस्रोमा ज्ञानोदय एकेडेमीका सविना बन तथा चौथोमा हाम्रो इंङलिस बोर्डिङ्ग स्कुलका बिद्यार्थी आक्रिती श्रेष्ठले पुरस्कार प्राप्त गर्न सफल भए ।
उत्कृष्ट प्रथमलाई नगद पच्चिस हजार र ट्रफि सहित प्रमाण पत्र तथा अध्ययनरत बिद्यालयमा एक बर्षका लागी छात्रबृति प्रदान गरिने छ भने दोश्रो र तेश्रोलाई पन्ध्र हजार नगद र दश हजार नगद सहित ट्रफि तथा अध्ययारत बिद्यालयमा छ महिना छात्रबृति प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरि सान्त्वना प्राप्त गर्नेलाई ट्रफि, प्रमाणपत्र र तिन महिना अध्ययनरत बिद्यालयमा छात्रबृति प्रदान गरिने नागी डान्स सेन्टरका कोषाध्यक्ष बसन्त बस्नेतले बताए ।
सहभागी बिद्यालयका बिद्यार्थी तथा स्कुलका प्रतिनिधिहरु यस्तो अतिरिक्त क्रियाकलापले बिद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने बताउछन् । बिद्यालयले शैक्षिक ज्ञानमात्र दिने भएकाले यस्तो गतिबिधिबाट बिद्यार्थीहरुले अझ धेरै ज्ञान लिनसक्ने हुदाँ यस्तो कार्यक्रम आगामि दिनहरुमा पनि हुनु आवश्यक रहेको कार्यक्रमका संयोजक प्रायदिप राईले बताए । निर्णयकहरु प्बिता तामांग, दिवस श्रेष्ठ, सन्ध्या श्रेष्ठ र रेस्मा वान्तना राई रहनु भएको थियो । सो फाईनल प्रतियोगिता कार्यक्रमका अध्यक्ष संजिब कट्वाल रहेका थिए उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शैलेस बिष्ट,रोटरी क्लबका अध्यक्ष दिपेन्द्र गौतम , भुपेन्द्र श्रेष्ठ, रोशन चौधरी लगायतको सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया