इटहरी । मिस सुनसरी २०१८ को ग्राण्ड फिनाले आगामी असार महिनामा गर्ने गरी तयारी भई रहेको छ । सुनसरीको इटहरीमा मिस सुनसरी २०१८का आयोजक संस्थाहरु पल इन्टरटेन्मेन्ट प्रालि र इटहरी लेडि जेसिजले पत्रकार सम्मेलन गरे प्रतियोगिताको फारम खुल्ला भएको जानकारी गराएका हुन ।

ीमस सुनसरीका लागि विहीवारबाट फारम खुल्ला भएको आयोजक पल इन्टरटेन्मेन्टका अमित पौड्यालले जानकारी दिए । उनले मिस सुनसरीका लागि १६ वर्ष देखि २७ वर्ष सम्मका युवतीहरुले सहभागिता जनाउन सक्ने वताए । प्रतियोगिता अन्र्तरगत आगामी जेष्ठ १५ गते अडिसन हुने समेत जानकारी गराइयो । अडिसनबाट छनौट भएका २५ प्रतिस्र्पधिहरुविचको प्रतिस्पर्धाबाट बहुआयामीक क्षेत्रमा उत्कृष्ठ हुने एक जनालाई मिस सुनसरी छनौट हुने पौड्याले जानकारी दिए । आफनो ठाउँका बहिनीहरुमा रहेको क्षमता र सुन्दरतालाई प्रस्फुटन गराउने उदेश्यले पल इन्टरटेन्मेन्टसंग सहकार्य गरी कार्यक्रमको आयोजना गर्न लागिएको इटहरी लेडि जेसिजकी अध्यक्ष मिनु न्यौपाने ,पुर्व अध्यक्ष उर्मिला कटुवाल र अम्वीका श्रेष्ठले वताए ।

प््रतियोगिताबाट छनौट हुने मिस नेपाललाई एउटा स्कुटर सहित ताज लगायतले पुरस्कृत गरिने जानकारी दिइयो । त्यसै गरि फस्ट रनरअपलाई एक लाख नगद , म्युजिक भिडियोमा मोडलिगंको लगायतको व्यवस्था गरिएको वताइयो । सेकेण्ड रनअफलाई ५० हजार नगद सहित पुरस्कृत गरिने जानकारी गराईयो । पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुलाई प्रतियोगिताको नाममा विभिन्न समयमा ठगी हुने गरेको विषयमा जिज्ञासा राख्दा आफुहरुबाट त्यस्तो नहुने आयोजक संस्थाका पौड्यालले प्रतिक्रिया दिएका छन ।

तपाईको प्रतिक्रिया