इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले आफु माथि र्दुव्यवहार गरिएको आरोप लगाएका छन ।
खेला क्षेत्रको अतिक्रमण हटाइएको विषयलाई लिएर व्यवस्थापन गरिनु पर्ने माग राख्दै आएका वडा नम्वर ५ तुलसा टोलका केही स्थानियले र्दुव्यवहार गरेको मेयर चौधरीले आरोप लगायएका हुन ।
केही महिना अघि उपमहानगरपालिकाले अतिक्रमण हटाइ व्यवस्थित वनाउने भन्दै खनिएको खेती खोला क्षेत्रलाई व्यवस्थित नवनाइदा वर्षायाममा ठुलो क्षति पु्रयाउने भन्दै तुलसा टोलवासीहरु व्यवस्थित वनाइ दिन माग गर्दै उपमहानगरपालिका पुगेका थिए । उनीहरुले मेयर चौधरीलाई ज्ञापन पत्र वुझाउन खोज्दा नवुझी केही पनि नभनी वाहिरीएपछि आफुहरुसंगै गएको र आफना मागहरुको विषयमा ध्यान दिन आग्रह गर्दा मेयर चौधरीले बेवास्था गर्दै ठेलेर हिड्न खोज्दा आफुहरुले बाटो छेकेको तुलसा टोल विकास संस्थाका अध्यक्ष निलम वस्नेतले वताए । अतिक्रमण हटाउने नाममा उपमहानगरपालिकाले आफैले निर्माणको स्वीकृति र निर्माण पछि सम्पन्न भई सकेको प्रमाण पत्र समेत दिएका नम्वरी जग्गामा रहेका भौतिक पुर्वाधारहरुलाई जोखिमपुर्ण अवस्थामा पुर्रयाएर छोडेको स्थानीयको आरोप रहेको छ । खोलाको मापदण्ड कति भन्ने स्पष्ट नभई खोलाको अतिक्रमण हटाउने भन्दै नम्वर जग्गामा वनेका घर तथा जग्गालाई क्षति पुर्याउने काम गरेको तुलसा टोलबासीको गुनासो रहेको छ । उनीहरुले शिर देखि पुच्छर सम्मै समान वउानु पर्नेमा एका तर्फ नम्वरी जग्गा तर्फ बढी कटान गरिएको तथा ऐलानी जग्गा भएको तर्फ उपमहानगरपालिका आफैले भौतिक संरचना वनाउने कार्यले आफुहरु मारमा परेको टोलबासीको गुनासो रहेको छ ।यसैबिच उपमहानगरपालिकाले राजकुमार खड्का, पुर्णकृष्ण श्रेष्ठ र सन्तोष अधिकारीविरुद्ध इलाका प्रहरी कार्यालयमा किटानी जाहेरीसमेत दिएका छन् ।

के उनले जनताको कुरा नसुनेकै हुन ?

पछिल्लो समय बिराटनगर धरान ६ लेन सडक निर्माणका क्रममा ईटहरीका केही ब्यापारीको सल्लाहमा सडक निर्माण रोक्ने र सडकमा बनेका घर नभत्काउने निर्णय गरेको भनी सर्बत्र आलोचना खेपेका उनलाई बुधबार गाउँमा भएको समस्या नसुनेको भन्दै स्थानीयहरूले ईटहरी उपमहानगरपालिका कार्यलयमै घेराबन्दी गरे । गत तिन महिना अघि खेतीखोलाको जग्गा मिचेर बनाइएका घरहरू भत्काएको तर भत्काएपछि त्यतिकै छाडेको र पटक पटक सामग्री हटाउन आग्रह गर्दा पनि नसुनेको भन्दै स्थानीयहरूले मेयर चौधरीलाई नगरपालिकाको कार्यालय परिसरमै घेराबन्दी गरेका थिए ।

आफ्नो समस्या सुनाउन इटहरी उपमहानगर ४ तुलसा टोलबाट डेलिगेसनमा आएका स्थानीयहरूले बुधबार उपमहानगरको सांस्कृतिक भवन छेउमा मेयर चौधरीलाई गुनासो सुनाएका थिए तर मेयर चौधरीले गुनासो नसुनेको भन्दै स्थानीयहरूले हात नै हाल्न खोजेपछि उनि पछाडिको बाटो हुदै प्रहरी कार्यालय पुगेको प्रत्यक्षदर्शीले बताए ।  तुलसा टोलका केहि स्थानीयले बिच बाटोमै छेकेर हातपात गर्न खोजेपछि मेयर चौधरी पछाडिको बाटोबाट इलाका प्रहरी कार्यालय इटहरीको प्रांगणमा पुगेका थिए ।

किन भाग्नु पर्याे जनता सँग ?

जस्ले निर्बाचनमा भोट हालेर निर्बाचित गरे आज एक बर्ष नपुग्दै तिनै जनतासँग मेयरले भाग्नुपर्ने अबस्था सिर्जना भएको छ । आखिर उनले जनता सँग किन भाग्नुपर्ने अबस्था आयो ? यदि उनले जनपक्षिय निर्णय गर्ने हो र जनताको कुरा सुन्ने हो भने भाग्नुपर्ने अबस्था सिर्जना हुँदैन । जनताले उनलाई जसरी अबरिजात्रा गराएर सम्मान दिए त्यहि सम्मान उनले पाउन सक्छन ।

तपाईको प्रतिक्रिया