इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले आफु माथि र्दुव्यवहार गरिएको आरोप लगाएका छन ।
खेला क्षेत्रको अतिक्रमण हटाइएको विषयलाई लिएर व्यवस्थापन गरिनु पर्ने माग राख्दै आएका वडा नम्वर ५ तुलसा टोलका केही स्थानियले र्दुव्यवहार गरेको मेयर चौधरीले आरोप लगायएका हुन ।
केही महिना अघि उपमहानगरपालिकाले अतिक्रमण हटाइ व्यवस्थित वनाउने भन्दै खनिएको खेती खोला क्षेत्रलाई व्यवस्थित नवनाइदा वर्षायाममा ठुलो क्षति पु्रयाउने भन्दै तुलसा टोलवासीहरु व्यवस्थित वनाइ दिन माग गर्दै उपमहानगरपालिका पुगेका थिए । उनीहरुले मेयर चौधरीलाई ज्ञापन पत्र वुझाउन खोज्दा नवुझी केही पनि नभनी वाहिरीएपछि आफुहरुसंगै गएको र आफना मागहरुको विषयमा ध्यान दिन आग्रह गर्दा मेयर चौधरीले बेवास्था गर्दै ठेलेर हिड्न खोज्दा आफुहरुले बाटो छेकेको तुलसा टोल विकास संस्थाका अध्यक्ष निलम वस्नेतले वताए । अतिक्रमण हटाउने नाममा उपमहानगरपालिकाले आफैले निर्माणको स्वीकृति र निर्माण पछि सम्पन्न भई सकेको प्रमाण पत्र समेत दिएका नम्वरी जग्गामा रहेका भौतिक पुर्वाधारहरुलाई जोखिमपुर्ण अवस्थामा पुर्रयाएर छोडेको स्थानीयको आरोप रहेको छ । खोलाको मापदण्ड कति भन्ने स्पष्ट नभई खोलाको अतिक्रमण हटाउने भन्दै नम्वर जग्गामा वनेका घर तथा जग्गालाई क्षति पुर्याउने काम गरेको तुलसा टोलबासीको गुनासो रहेको छ । उनीहरुले शिर देखि पुच्छर सम्मै समान वउानु पर्नेमा एका तर्फ नम्वरी जग्गा तर्फ बढी कटान गरिएको तथा ऐलानी जग्गा भएको तर्फ उपमहानगरपालिका आफैले भौतिक संरचना वनाउने कार्यले आफुहरु मारमा परेको टोलबासीको गुनासो रहेको छ ।

तपाईको प्रतिक्रिया