इटहरीका आगलागीका पिडितहरुलाई आर्थिक सहयोग गरिएको छ । इटहरी ४ स्थित पारुहाङ चोकमा गत बैशाख १४ गते आगलागी हुदा ४ वटा पसल सहित एक घर आगलागीबाट ध्वस्त भएको थियो ।

पाँनधारे युवा क्लब र सकृय युवा नेता नबिन कटुवाल र कुमार कटुवालको सकृयतामा संकलित ३० हजार ८ सय ५० रुपयौ पिडित परिवारलाई बुधबार सहयोग गरिएको हो । आगलागी पिडित पदम अधिकारी, बाल कुमार राई, बिदेशी श्रेष्ठ र मन कुमार राईलाई उक्त रकम एक कार्यक्रमका बिच हस्तानतरण गरिएको थियो ।

क्लबका पदाधिकारी सहित कटुवालले करिब १५ हजार बराबरको लत्ताकपडा समेत पिडितहरुलाई सहयोग गरेका थिए ।

आगलागीबाट करिब ५० लाख क्षति हुन पुगेको थियो । पाँनधारे टोल आसपासबाट संकलित रकमले पिडितहरुलाई केही सहज बनाउन सानो प्रयास गरिएको नबिन कटुवालले बताए ।

तपाईको प्रतिक्रिया