इटहरी । नकुहिने फोहोरका रुपमा रहेको प्लाष्टि  जन्य फोहोर मैलाको उचित व्यवस्थापन गरिनु पर्ने माग राख्दै आएको नेपाल राष्ट्यि स्वतन्त्र किसान मोर्चाले सुनसरीको तरहरामा जनचेतना कार्यक्रमको आयोजना गरेको छ । मोर्चाले मंसीरबाट सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट फोहोरमैलाको उचित व्यवस्थापन सम्वन्धी जनचेतना अभियान सुरु गरेको थियो । सोही अन्र्गत मोर्चाले सुनसरीको तरहरामा प्लाष्टिक जन्य फोहोरले मानव जीवन र कृषि क्षेत्रलाई पारेको असरका विषयमा जानकारी गराउदै संन्देशमुलुक अभियान चलाएकोे हो । तरहराको मुख्य वजार क्षेत्रमा सांस्कृतिक कार्यक्रम सहित मोर्चाले फोहोर व्यवस्थापनका विषयमा सर्वसाधरणहरुलाई जानकारी गराएको थियो । मोर्चाका अध्यक्ष पुष्पराज प्याकुरेल र सञ्चारकर्मी याम प्रधानले प्लाष्टिक जन्य फोहोरले मानव स्वास्थ्य तथा कृषि क्षेत्रको उर्भरा शक्तिमा पुर्याउदै ल्याएको हसका विषयमा चर्चा गरेका थिए । कार्यक्रमका कलाकारहरु सहदेव कार्की लगायतले सचेतना मुलुक नृत्यहरु प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया