स्थानीय निर्वाचन यता बढि जसो आलोचित बन्दै आएको सुनसरीको इटहरी यस पटक फेरी चर्चामा आएको छ । बिगतको दिनमा प्रदेशको राजधानी , ब्यापारिक केन्द्र बिन्दु र पर्यटन प्रवर्दनको बिषयलाृइ लिएर इटहरी चर्चामा रहने गरेको भने अहिले नेपालकै ठुलो परियोजना स्थकितको बिषयले इटहरी चर्चामा रहेको छ । यो भन्दा अघाडी बालिका बलात्कार केसमा पैसा खाएर मिलापत्र गराइएको , सिएफएल खरिद प्रकृियामा लाखौ अनियमितता तथा साडे ३३ किलो तस्करीको सुन गायब र उर्लाबारीका युवा ब्यवसायी सनम शाक्यको हत्या प्रकरणमा इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी सञ्ज्य कुमार राउत पक्राउ पर्नुले इटहरी आलोचित बन्दै आएको थियो ।

बेलाबेलामा हुने यस्ता घटनाका कारण इटहरीको चार्चा संगसंगै आलोचित पनि उत्तैकै बनेको छ । अहिले बिराटनगरको रानी भन्सार देखि धरान सम्मको ६ लेन सडक निर्माण हुदा हुदै इटहरीमा आएर स्थगित हुनुले इटहरीमात्र नभइ केन्द्र सम्मको ध्इान यतै केन्द्रित रहेको छ । यो भन्दा अघाडी पनि केन्द्रको ध्इान इटहरी नतानिएको हैन तर चर्चामा आएर सेलाइहाल्ने इटहरी यो पाली २ घटनाका कारण चर्चा र आलोचित संगसंगै भइरहेका छन ।

बिभिन्न ब्याक्तिहरूको सामाजिक सञ्जाल अहिले साढे ३३ किलो सुन प्रकरणमा समातिएका उच्च प्रहरीहरू बिरूद्ध खनिएका स्टाटसहरूले भरीएका छन भने थोरै मात्रामा महत्वकांक्षी योजनाको रुपमा हेरीएको बिराटनगर धरान ६ लेन सडकले पनि ठाउ पाएकै छन ।

तपाईको प्रतिक्रिया