धरानः २५, बैशाखः नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले पराजय भोग्नुको मूख्य कारण वाम गठबन्धन बताएका छन् । उनले दुई कम्युनिष्ट पाटी एक भएर चुनाव लड्नु र कांग्रेस चाहिं दुई पाटी जस्तो भएर चुनावी मैदानमा जांदा निर्वाचनको परिणाम यस्तो आएको बताए । नेपाली कांग्रेस क्षेत्र नं. १, सुनसरीले धरानमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता कार्कीले यस्तो बताएको हो । प्रदेश सभा सदस्य चन्द्रप्रसाद श्रेष्ठले पाटी छोडेर असहयोग गर्नेलाई सजिलै फेरी भित्राउने र गैर कांग्रेसीहरुलाई समेत क्रियाशील सदस्यता वितरण भएको भन्दै यस्तो कार्यको अन्त हुनुपर्ने बताए । कार्यक्रममा बोल्दै जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र गोलेले अबपनि आपसी तिक्तता, मनमुटाव, प्रतिशोध र असमझदारी त्यागेर मेलमिलाप, सहमति र सहकार्यको राजनीती नगर्ने हो भने कांग्रेसीको मात्र होइन देश र जनता कै भविष्य अनिश्चित हुने बताए । क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठको अध्यक्षता र क्षेत्रीय सचिव मुरारी भट्टराईको संचालनमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्यका प्रत्यासी बुद्धि कटवाल, भोजपुरका महासमिति सदस्य हेमन्त मुकारुङ, क्षेत्रीय सहसचिव प्रेमकुमार राई, नगर सचिवद्धय श्याम पोखरेल, युवराज शंकर लगायतले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्ला सदस्यहरु चन्द्रशेखर लामा, अनिल श्रेष्ठ, गोविन्द बस्नेत, माधव घिसिङ, नेविसंघ केन्द्रिय सदस्य सागर प्रसाई, नेपाल तरुण दल सुनसरी सभापति सिजन गुरुङ, नेपाल आदिवासी जनजाति संघ सुनसरी सभापति नन्दराज राई, महाधिवेशन प्रतिनिधि सन्तोष सापकोटा जनजाति संघ क्षेत्रीय सभापति तारा लामा, तरुण दल नगर सभापति हिमाल श्रेष्ठ, दलित संघ नगर सभापति गणेश परियार लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
किराँत राई वान्तवा खिमको वार्षिक साधारण सभा तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
इटहरी । किराँत राई वान्तवा खिमको वार्षिक साधारण सभा तथा प्रसाद राई स्मृति साहित्य पुरस्कार वितरण कार्यक्रम सुनसरीको इटहर...
इटहरी लेडि जेसिजको १९औं पदहस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न
इटहरी । इटहरी लेडि जेसिजले एक औपाचारिक कार्यक्रमको आयोजना गरि १९औं पदहस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको ...
२४ घण्टामा २३२ जनामा कोरोना पुष्टि, ८ को मृत्यु
पछिल्लो २४ घण्टामा देशभर २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुन...
आजदेखि खोप प्रदेशमा पठाइँदै
काठमाडौँ / कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराए...
शिवबाबा भक्त समाज नेपालको १४ महिने पैदल यात्रा
इटहरी/ शिवबाबा भक्त समाज नेपालले १४ महिने पैदल यात्रा आरम्भ हुने भएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका वडा न ५ बलियाबाट ...
खुकुरी देखाएर गुडिरहेको बस रोक्दै तोडफोड, यात्रुसहित जलाउने प्रयास
झापामा खुकुरी देखाएर बस तोडफोड गर्ने एकजना पक्राउ परेका छन् । तर पक्राउ पर्ने व्यक्ति सार्वजनिक गरिएको छैन । उनी विप्लव ...