चन्दन रौनियार सुनसरी बैशाख २५/ आवाज नेपाल इनरुवा सुनसरीको आयोजनामा तथा दुहवी ३ नम्वर वडा कार्यालयको सहयोगमा संचालित महिलाहरुलाइ नेतृत्व विकास सम्बन्धी २ दिने तालिमको मंगलवार एक कार्यक्रमका विच समापन गरिएकोे छ । कार्यक्रमका विशेष अतिथि दुहवी ३ का वडा सचिव कालीदास भट्राईले सिकेको कुरालाई व्यवहारमा उतारी समाजलाइ असल निर्देशन दिन सक्नेमात्र असल नेता हुँने बताउँनु भएको थियो । त्यसै गरि कार्यक्रमका अतिथिहरु दुहवी ३ का वडासदस्यहरु मैना राई, मिन वहादुर राई, संचारकर्मि चन्दन रौनियार अकबर अलि र प्रेम गिरि लगायतहरुले सम्पूर्ण सहभागिले लगनशिल र एक चित्त भई तालिम लिएकोमा शुभकामना व्यक्त गर्नुभएको थियो । समापन कार्यक्रमको अध्यक्षता गर्नुभएकी आवाज नेपाल इनरुवा सुनसरीकी अध्यक्ष मेनुका खतिवडाले यस किसिमका तालिमबाट महिला दिदी वहिनीले आफ्नो आत्मविश्वास बढाउदै जानुपर्नेे र यसबाट आफ्नो क्षेत्रमा अगाडि बढ्न सहज हुने विश्वास व्यक्त गर्नु भएको थियो । कार्यक्रमलाइ प्रमुख प्रशिक्षक मेनुका खड्का र ओरेक नेपालकी शान्ति दनुवार ले सहजिकरण गर्नु भएको थियो । कार्यक्रम सञ्चालन कल्पना कार्कीले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया