इटहरी । सुचना गरेर पनि लामखुट्टे नियन्त्रणका लागि औषधि नछरेको गुनासो नगरवासीले गरिरहेको समयमा इटहरी उपमहानगरपालिकाले भने दक्ष प्राविधिक नभएको कारण मेशिन विग्रीएर औषधि छर्ने काम प्रभावित भएको जनाएको छ । उपमहानगरपालिकाले यही बैशाख १२ गते देखि २०वटै वाडमा लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कने सुचना गरेपनि केही वडाहरुमा मात्र औषधि छर्किएको मेशिन विग्रीएको उपमहानगरपालिकाले जनाएको हो ।

उपमहानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि सुचना जारी गरेपनि आफनो तिर अहिले सम्म पनि औषधी छर्ने आफनो तिर नआएको वडा नम्वर ४ शिशिर टोलका हिरा आचार्यले गुनासो गरेका छन । समयमै खाना खाइसक्नु पर्ने , ,खानेकुराहरु छोपेर राख्नु पर्ने ,वालवालिका , अशक्त , वाहिर नवस्न आग्रह गरे बमोजित आफुहरु औषधि छर्कन आउछन भनेर पर्खि रहेपनि नआएको उनले वताए । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले मेशिन विग्रीएका कारण सुचना गरेपनि सवै वडाहरुमा औषधि छर्कन नसकिएको स्वीकारेकी छन । मेशिन चलाउने दक्ष प्राविधिक नभएको कारण मेशिन सहि तरिकाले प्रयोग नगरिएकाले विग्रीएको समेत उनले जानकारी दिइन । मेशिन विग्रीएर अन्य तिर खोजी रहेर पनि औषधि छर्ने काम गर्ने समेत उनले वताइन । औषधि छरिएका स्थानमा समेत लामखुट्टेहरु नमरेको गुनासो आइरहेको वताउदै उपप्रमुख गौतमले कडा औषधि छर्दा मानव स्वास्थ्यमा असर गर्ने भएकाले कडा खाले औषधि नछरेको समेत स्पष्ट पारेकी छन । लामखुट्टे नियन्त्रणका लागि प्रयोग गरिने औषधिको मात्रा अनुसार छर्दा लामखुट्टे मर्ने नभएर लामखुटटेको अण्डाहरु नोक्सान हुने समेत उनले जानकारी गराइन ।

तपाईको प्रतिक्रिया