चन्दन रौनियार सुनसरी बैशाख २४ / शनिबार सम्पन्न नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ निर्वाचनका क्रममा बुथ क्याप्चर भएको स्वतन्त्र तथा समावेशी प्यानलले आरोप लगाएको छ । आइतबार प्यानलका तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्दै बुथ क्याप्चर गरिएको बारे निष्पक्ष छानबिनको माग गरिएको छ । सङ्घीय प्रेस फोरमका केन्द्रीय सल्लाहकार गोपाल देवान, सङ्घीय पत्रकार युनियनका केन्द्रीय संयोजक दिलकुमार लावती, स्वतन्त्र पत्रकार संघका संयोजक विजय खतिवडा, मधेसी पत्रकार समाजका केन्द्रीय सदस्य श्यामसुन्दर सुतिहार र प्रेस मञ्च नेपालका प्रदेश १ संयोजक चन्दन रौनियारले हस्ताक्षर गरेको विज्ञप्तिमा ताप्लेजुङ, तेह्रथुम, खोटाङ, संखुवासभा, उदयपुर र सोलुखुम्बुमा तीन संगठन आबद्ध गठबन्धनले चुनावी धाँधली गरेको आरोप लगाएका हुन् । देवान, खतिवडा र सुतिहार समावेशी प्यानलबाट क्रमशः अध्यक्ष, उपाध्यक्ष र मधेसी सदस्य पदका प्रत्यासी पनि थिए । विभिन्न ६ वटा जिल्लाहरुमा आफ्ना प्रतिनिधिहरुको रोहबर बिना नै निर्वाचन गतिविधि गरेको, महासंघ केन्द्रबाट खटिएका प्रतिनिधि, निर्वचन समितिमा रहेका पदाधिकारी र सुरक्षाकर्मीसमेतको मिलेमतोमा विदेश गएकादेखि जिल्ला बाहिर रहेर काम गरिरहेका पत्रकारहरुको समेत शतप्रतिशत मत हालिएको भन्दै निन्दा गरिएको छ । ती जिल्लामा भएको चुनावी धाँधलीको निष्पक्ष छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन पनि समावेशी प्यानले महासंघ केन्द्रलाई चुनौती दिएको छ । लोकतन्त्रमा निर्वाचनको महत्वपूर्ण भूमिका रहने भन्दै समावेशी प्यानलले आफूहरुको उम्मेद्वारीका कारण निर्वाचन सम्पन्न भएकोमा भने सन्तोष व्यक्त गरेको छ । साथै, ओखलढुङ्गा, पाँचथर, धनकुटा, सुनसरी, मोरङ, भोजपुर, झापा र इलाममा भएको निष्पक्ष निर्वचन र त्यसबाट प्राप्त मत परिणामलाई स्वीकार्दै समावेशी प्यानले अन्य ८ जिल्लामा खसेको मतका आधारमा प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टर सम्मिलित गठबन्धनले अधिक मत ल्याएको भन्दै सो प्यानलका उम्मेद्वारहरुलाई विज्ञप्तिमार्फत बधाइ र शुभकामना पनि व्यक्त गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले भने आइतबार नै अन्तिम मत परिणाम सार्वजनिक गरेर संयुक्त गठबन्धनका उम्मेद्वारहरु विजयी भएको घोषणा गरेको छ । जारी मत परिणाम अनुसार बिक्रम लुइटेल नेतृत्वको प्यानले सबै २१ पदमा विजय हासिल गरेको हो । जसमध्ये अध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, समावेशी सचिव, खुल्ला सदस्य र मधेसी सदस्य पदका लागि निर्वाचन भएको थियो भने सचिव, कोषाध्यक्ष, महिला सदस्य, आदिवासी जनजाति सदस्य, दलित सदस्य र अल्पसंख्यक सदस्यका लागि निर्विरोध भएको थियो
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चलचित्र हलहरु खुले पनि दर्शक पाउन सकेन
इटहरी । वितग ९ महिना देखि वन्द रहेका चलचित्र हलहरु खुलेपनि एक महिना हुन लाग्दा पनि पुर्वी नेपालका चलचित्र हलहरुले दर्शक ...
हिन्दू राष्ट्र नभई हिन्दू अधिराज्य नेपालीहरुले नै लिएर आउने दाबी- निक्ष शमशेर राणा
राष्ट्रिय एकता परिषदका अध्यक्ष एवं शाहीकालिन मन्त्री निक्ष शमशेर राणाले प्राईम एच. डि. टेलिभिजन मार्फत प्रसारण हुने कार्...
फोटोग्राफी सम्बन्धि सामान चोरी गर्ने दुईजना पक्राउ
विराटनगर । फेसन शोमा फोटोग्राफीका लागि पोखराबाट बोलाइएका आफ्नै पाहुनाको फोटोग्राफी सम्बन्धि सामान चोरी गर्ने दुईजना पक्र...
बच्चा जन्माएपछि मात्रै विवाह गर्ने अनौठो परम्परा
हेडलाइन पढेर अचम्म मान्नु भयो होला । सुन्दा अच्चम्म लाग्ने यो घटना भारतको हो । भारतको राजस्थानमा गरासिया ट्राइबका मानिसह...
बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?
नेपाली बजारमा शुक्रवार (आज) सुनको मूल्य तोलामा ४ सयले बृद्धि भएको छ । बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार १ स...
केटी जिस्काएको निहुँमा झडप हुँदा १५ जना घाइते
सप्तरीमा एक किशोरीलाई जिस्काएको विषयमा झडप हुँदा १५ जना घाइते भएका छन्। रुपनी गाउँपालिका–३, हर्दिया कटैयामा स्थानीय १६ व...