इटहरी । विश्व रेडक्रस दिवशको अवसर पारेर सुनसरीको इटहरीमा नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाले निःशुल्क मधुमेह परिक्षण सहित रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
इटहरीको रेयुकाइ चौतारी  आयोजना गरिएको मधुमेह परिक्षण कार्यक्रममा ७६ जनाले मधुमेह भए नभएको परिक्षण गराइए भने ५०जनाले रक्तदान गरेका छन । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र विराटनगरले प्राविधिक सहयोग पुर्याएको थियो ।
विश्व रेडक्रस दिवसको अवसर पारेर रक्तदान र मधुमेह परिक्षण कार्यक्रम राखिएपनि अव देखि प्रयेत्क महिना मधुमेह परिक्षणको व्यवस्था मिलाउने रेडक्रस सोसाईटी उपशाखा इटहरीका सभापती विमल पौडेलले वताए । उनले धेरै मानिसमा मधुमेह भएपनि परिक्षण गराउने नगरिएको कारण पहिचान हुन नसकिरहेको तर्फ मध्यनजर गर्दै निःशुल्क परिक्षण गरिने योजना वनाएको पौडेलले जानकारी दिए । सो अवसरमा कार्यक्रमकी प्रमुख अतिथी इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले मानविय सेवाका रुपमा रहेको रेडक्रस सोसाइटी इटहरीले गरेको रक्तदान कार्यक्रम गर्नु भनेको अरुलाई जीवनदान दिनेहरु महान भएको वताइन । नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्रमा संकलन हुने रगत मध्ये इटहरीबाट मात्र ४० प्रतिशत रगत संकलन हुने गरेको छ ।

तपाईको प्रतिक्रिया