नेपाल प्राकृतिक रूपमा विश्वमा नै अति सुन्दर देशहरुमध्येमा पर्दछ । नेपाल सानो देश भएता पनि एउटा सानो संसारको रुपमा मानिन्छ । अथाह सम्भावना बोकेको नेपाल अन्तर्रा्ष्ट्रिय पर्यटकीय नगरीको रूपमा विकसित हुँदै गएको छ । नेपाल प्राकृतिक रूपमा सुन्दर र सांस्कृतिक रूपमा धनी छ ।
कैयौं नदी र सयौं खोला र झरनाहरुले गर्दा यसभूभागलाई प्रकृतिको देनको रुपमा लिइन्छ । नेपाल पानी नैं पानीको देश हो । नेपालको पानीलाई राम्ररी सिंचाई र विद्युत उत्पादनमा सदुपयोग गर्न सकियो भने नेपाल खाद्यान्नको भण्डार हुन सक्दछ । नेपालको पानीबाट ८ करोड कि.वा.भन्दा बढी विद्युत उत्पादन गरेर आफ्नो देश र छिमेकी देशहरुमा हरभरा बनाउन सकिन्छ । जङ्गलै जङ्गलले सजिसजाउ नेपालभित्र अनेकौं किसिमका जनावरहरु, ८०० भन्दा बडी प्रकारका चरा चुरिङ्गीहरु र विश्वमा दुर्लभ मानिएका जरिबुटीहरु प्रसस्त यहाँ पाइन्छन् । हर प्रकारले प्रकृतिले नेपाललाई साथ दिएको छ । कैयौ विदेशी यात्रीहरु भन्छन ’यो ठाँउ संसारभरमा सबभन्दा सुन्दर स्थान हो । साहसिक पर्यटनका हिसाबले पनि विश्वमै मुख्य गन्तव्य नेपाल लाई लिइदै आएको छ । प्रचुर संम्भावना बोकेको सप्तकोशी नदिमा नेपाली मिनी पानिजहाजको रुपमा चिनिएको जेटबोट बाट कैद गरीएको तिन तस्वीरहरु हेर्नुहोस ।

तपाईको प्रतिक्रिया