उघोग बाणिज्य तथा आपुति मन्त्री मातृका प्रसाद यादवले बन्द उघोगहरु संञ्चालन गर्न वाईसियलले आफनो भुमिका देखाउनु पर्ने बताएका छन । देशका बिभिन्न स्थानमा रोजगारको ठुलो आधार मानिएका बन्द उघोग खोल्न वाईसियलले वातावरण बनाउनु पर्ने बताएका हुन । बिराटनगर स्थित जुटमिलमा बोल्दै यादवले सरकार आफै बन्द उघोग खोल्ने पक्षमा रहेको बताए ।
देशको ६० प्रतिशत बेरोजगार समस्याको हल गर्न सरकारले अब सबै पक्षको मद्धतमा उघोग तथा कलकारखाना संञ्चालनको तयारी गरेको उनले बताए । त्यसको लागि वाईसियलले सबै पक्षलाई समन्वय गरेर सरकारलाई सहयोग गर्न यादवले आग्रह गरेका थिए ।
वाईसियल इटहरी नगर समितिले मन्त्री यादवलाई स्वागत तथा सम्मान गरेपछि उनले यस्तो बताएका हुन ।
युवाहरुको ढुकढुकी बनेको वाईसियलले पनि देशको बिकास र समग्र समस्याहरुमा आफनो उपस्थिति देखाउनु पर्ने यादवको भनाई थियो । सरकारले केही महिना भित्रै बन्द उघोग खोल्ने कार्यमा सहयोग गर्न सबैलाई आग्रह पनि गरेका थिए ।
मन्त्री यादवलाई वाईसियल इटहरी नगर समितिका अध्यक्ष नबिन तामाङले दोसल्ला ओडाएर सम्मान गरेका थिए ।।

तपाईको प्रतिक्रिया