इटहरी । उपमहानगरपालिका क्षेत्रका वासिन्दालाई सर्पले टोकेमा अब इटहरी उपमहानगरपालीकाले निः शुल्क उपचार गर्ने भएको छ । इटहरी उपमहानगर क्षेत्रका स्थायि वासिन्दा भएकाहरुलाई सर्पले टोकेमा इटहरी उपमहानगरपालिकाले उपचार गरिदिने उपमेयर लक्ष्मी गौतमले बताएकी हुन् ।
सुनसरीको इटहरीमा रहेको सामुदायीक सर्पदंश उपचार केन्द«लाई लक्ष्मी बैकले करिव दुई लाख बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गर्ने काकर्यक्रममा गौतमले यस्तो बताएकी हुन । सर्पदंशका बिरामीहरुलाई सेवा दिदै आएको सामुदायिक सर्पदंश उपचार केन्द्रलाई लक्ष्मी बैंकको सामाजिक कोष अन्र्तगत एक थान इलेक्ट्रिक अक्सिजन, साईडबेड मनिटर र बेड हस्तान्तरण गरको छ । बिभिन्न सहयोगी हात तथा नेपाली सेनाको प्रमुख सक्रियतामा सामुदायिक सर्पदंश केन्द्रको सञ्चालन भईरहेको छ ।
नेपाली सेनाको हाताभित्र रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रलाई लक्ष्मी बैकको तर्फबाट सहयोग गर्दै सिईओ सुदेश खालिंगले आगामी दिनहरुमा पनि आवश्यत्ता अनुसार सहयोग गर्दै जाने बाताए । त्यसै गरि उपचार केन्द्रका अध्यक्ष दिवश पोख्र्रेलले बिभिन्न सामाजिक संघसस्थाबाट सहयोग भएको भए पनि बैंक क्षेत्रबाट भने यो पहिलो भएकाले अरु बैंकबाट पनि यस्ता सामाजिक संस्थामा सहयोग गर्नु पर्ने बताए । पुर्वकै केन्द्र इटहरी भएकाले यस उपचार केन्द्रमा भेन्टिलेटरको पनि आवश्यत्ता रहेको अध्यक्ष पोखे्रलले बताए । जटिल प्रकृतिको बिरामी आउदा अन्यत्र पठाउनु पर्ने बाध्यता भएकाले यस्को आवश्यकता रहेको बताए । पोखे्रलका अनुसार अहिले सम्म करिब सात हजार भन्दा बढि सर्पदंशका बिरमीहरुले सेवा लिई सकेको पनी जानकारी दिए ।

तपाईको प्रतिक्रिया