इटहरी । प्रदेस नम्वर १का मुख्यमन्त्री शेरधन राईले कला संस्कृतिहरु संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानु पर्नेमा जोड दिएका छन ।

सुनसरीको इटहरीमा किरात राई यायोख्या इटहरीले आयोजना गरेको साकेला उभौली कार्यक्रमका प्रमुख अतिथी मुख्यमन्त्री राईले नेपाल जातिय विभिद्यता भएको मुलुक रहेको भन्दै सवै जातजातिका कला संस्कृति संरक्षण गरिनु पर्नेमा जोड दिएका हुन । विभिद्यता नै नेपालीहरुको शान र गौरव हो भन्दै जातजातिका गर्ने कार्य हुदै आउनु राम्रो कुरा भएको वताए । उनले माौलिख पहिचानहरु जर्गेनाका लागि संगठित हुदै भाषा र संस्कृति संरक्षणमा जुट्ने पर्नेमा समेत जोड दिए । नेपाल आदिवासी जनजाती महासङ्घ सुनसरीका अध्यक्ष राम राइ, किरात राई यायोक्खा इटहरीका अध्यक्ष चिराहाङ्ग राईले बोलेका थिए । सो अवसरमा विभिन्न किसीमका शिली समेटीएका साकेला नाचहरु समेत सुनसरी र मोरगंबाट आएका सहभागीहरुले प्रर्दसन गरेका थिए ।

तपाईको प्रतिक्रिया