इटहरी । जातिय विभिद्यता रहेको पुर्वी नेपालमा बसोवास गर्ने जातजातिका कला संस्कृति बोकेका नृत्य तथा नाट्यहरुको जर्गेना गर्ने उदेश्यले सुनसरीको इटहरीमा किराँत सास्कृतिक कला केन्द्र कारा थिएटर सञ्चालनमा ल्याइएको छ ।
ज्ञान किराँतीको संयोजकत्वमा सञ्चालनमा ल्याइएको किराँत सास्कृतिक कला केन्द्र कारा थिएटरको प्रदेस नम्वर १ का प्रदेससभा सदस्य सुधन किराँतीले एक कार्यक्रम विच उद्घाटन गरेका हुन ।
कला केन्द्रको माध्यमबाट मुलुकमा रहेका राई,लिम्बु ,तामागं, चौधरी, नेवार लगायतका जातजातिको भेषभुषा,कला संस्कृति र नृत्यहरुलाई संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने योजना सहित केन्द्र स्थापना गरिएको केन्द्रका संयोजक ज्ञान किराँतीले जानकारी दिए। कला केन्द्रको सञ्चालनले जातिय कला संस्कृतिलाई जर्गेना गर्न मर्मत पुर्याउने कार्यक्रमका प्रमुख अतिथी सुधन किराँतीले विश्वास व्यक्त गरे । किराँत राई संघ सुनसरी जिल्ला अध्यक्ष सिता राई,राष्ट्रिय केन्द्रीय सल्लाहकार आरके कोयु राई लगायतले केन्द्रलाई लक्ष्य हासिल गर्न सफलता मिलोस भन्दै शुभकामना दिएका थिए ।