दिपक कार्की/कृष्ण भटट्राई

मुलुकको सवै भन्दा ठुलो नदि सप्तकोशीमा मिनी पानीजहाज संचालनमा आएपछि पुर्वी पहाडी क्षेत्रका मानिसहरुको तराईसंगको सम्पर्क सहज हुनुका साथै पर्यटन प्रवद्धनमा समेत टेवा पुग्न थालेको छ ।

बराहक्षेत्र जलयातायात तथा पर्यटन सेवा प्रालिले जेटबोट मिनी पानीजहाज सञ्चालनमा ल्याएपछि पश्चिमी भोजपुर र धनकुटाका मानिसहरुलाई सुनसरी सम्म आवतजावतमा सहज हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकहरुको समेत आकर्षण बढेको हो ।

केही उत्साहि युवाहरुले कोशीमा जेटबोट सञ्चालन गर्न थालेपछि हिन्दुहरुको चारक्षेत्र मध्येको बराहक्षेत्रको दर्सन गर्न आउने दर्सनार्थीहरुका साथै पहाडि क्षेत्रको मनमोहक दृष्यहरु हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण वढ्न थालेको पाइन्छ । त्यसै गरी कोशीको जलमार्ग भएर पश्चिमी भोजपुर सम्मको यात्रा सहज वन्न पुगेको छ । सुनसरीको बराहक्षेत्र देखि भोजपुरको सिम्ले सम्म हाल बराक्षेत्र जलयातायातको एक जेटबोट सञ्चालनमा रहेको छ । भोजपुर र धनकुटाका पश्चिमी क्षेत्रका मानिसहरुलाई जेटवोट सञ्चालनमा आएपछि सहजत भएको उनीहरु सुनाउछन । जेटवोट सञ्चालनमा आउनु भन्दा अगाडि सम्म पौदल यात्रा गर्दै सामानहरु समेत बोकेर आवतजावत गर्ने गरेकोमा जेटवोट सञ्चालनमा आएपछि सहज भएको उनीहरुले महसुस गरेका छन ।

जेटबोट सञ्चालनमा आएपछि यातायातको सहज पहुच नभएको धनकुटा र भोजपुरका पश्चिमी क्षेत्रका मानिसहरुले सहज रुपमा तराईमा आफ्ना उत्पादनहरु पुर्याउन सक्ने भएका छन भने तराईमा उत्पादीत सामानहरु समेत सहज रुपमा पहाड सम्म पुग्न थालेका छन । स्वास्थ्य उपचारका लागि समेत समयमै धरान र विराटनगर सम्म आउन सहज भएको उनीहरु वताउछन । २०६५साल भाद्र २ गते कोशीले पुर्वी तटवन्ध भत्काएपछि तत्कालका लागि दुई वटा जेटबोट सञ्चालनमा ल्याइएको थियो । त्यसैलाई अध्ययन गरी पुर्वकै आकर्षक पर्यटकीय क्षेत्र वनाउने तथा सर्वसाधारणलाई जयमार्गबाट सेवा दिने योजना सहित लामो अध्ययन र अनुसन्धानपछि कोशीकै लागि उपयुक्त जेटबोट सञ्चालनमा ल्याएको बराहक्षेत्र जलयातायात तथा पर्यटन सेवा प्रालिका अध्यक्ष सन्तोष भण्डारी वताउछन । कोशीमा जेटबोट सञ्चालनमा ल्याउन तीन करोड खर्च भई सकेको तथा आगामी दिनमा जलपर्यटनलार्ई जोड दिदै पानीमा सञ्चालन हुने अन्य किसिमका साधनहरु समेत ल्याउन अर्का सञ्चालक अमित भगत वताउछन । कोशीमा जलयात्राका लागि जेटवोटहरुलाई सहजरुपमा सञ्चालन गर्न राज्यपक्षले समेत सहयोग गर्नु पर्नेमा जोड दिदै उनले कोशीमा रहेका ठुलाठुला ढुगांहरु हटाउन सके अझै माथि सम्म पनि जेटबोट सञ्चालन गर्न सक्ने जानकारी दिए । बराहक्षेत्र जलयातायात तथा पर्यटन सेवा प्रालिले आगामी दिनमा जलपर्यटनका लागि पानीमा चल्ने मोटरसाईकल अर्थात बोटस्की , साना आकारका जेटबोट , जलयात्रामा रमाउने पर्यटक तथा यात्रुहरुलाई लक्षित गरी सुविधा सम्पन्न होटलको समेत व्यवस्था गर्ने गरी काम भई रहेको जनाइएको छ । पुर्वकै प्रमुख पर्यटक आकर्षक क्षेत्रको रुपमा कोशीको जलयात्रालाई वनाउने योजना सहित काम थालेको बराहक्षेत्र जलयातायातले यात्रुहरुको बीमाको समेत व्यवस्था गरेको अर्का लगानीकर्ता लक्ष्मीप्रसाद रेग्मीले जानकारी दिए । कोशीमा जेटबोट सञ्चालनका साथै जलपयर्टनका लागि सन्तोष भण्डारी, अमित भगत , लक्षमीप्रसाद रेग्मी, पर्शुराम राई, हरि श्रेष्ठ ,विमलमान श्रेष्ठ, मिलन भगत र अम्वीकाकुमारी निरौलाले तीन करोड भन्दा बढी लगानी गरिसकेको र अरु थप लगानी गरी अझ व्यवस्थित वनाउदै लैजाने समेत जानकारी दिइयो ।

कोशीमा व्यवस्थित जलयात्राको व्यवस्था मिलाउन सके दुधकोशी हुदै पुर्वका पशुपति भनेर चिनीने खोटागंको हलेसी , सुनसरीको वराहक्षेत्र , उदयपुरको मैनामैनी ,लवकुस कुटी , धनकुटाको छिन्तागं देवी जस्ता धार्मीक क्षेत्रहरुका साथै पुर्वको प्रमुख पर्यटकीय क्षेत्र कोशी टप्पुवन्य जन्तु आरक्ष सम्मको यात्रा सहज हुने थियो ।

तपाईको प्रतिक्रिया