इटहरी । एएनसी इभेन्ट मेनेजमेण्ट प्राइभेट लिमिटेडले सञ्चालन गरि रहेको गायनकला प्रतियोगिता भ्वाईस अफ द नेशनको ब्लाइड एडिसनका लागि छनौट भएका प्रतियोगिहरुको जिबनी समेटेको श्रव्य दृष्य निर्माण लागी एउटा टोली पुर्वमा आएको वताइएको छ ।

सिङ्गिङ रियालिटी शो भ्वाईस अफ द नेशनको पहिलो चरणको डिजीटल एडिसन चरण पार गरी ब्लाइड एडिसनका लागि छनोट भएकाहरुको श्रब्य दृष्य र आवाज सुन्नका लागि पुर्व आएको इटहरी पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । रियालिटी शो का निर्णायक मध्येका गायक प्रमोद खरेल सहितको टोली पुर्वमा रहेको पत्रकार सम्मेलनमा वताइयो । पत्रकार सम्मेलनमा सो शो निर्णायक समेत रहेका प्रमोद खरेलले आवाज सुनेर मात्र निणर्य दिनु पर्ने भएकाले विवादरहीत हुने वताए । एएनसी इभेन्टका आइ टी हेड फिरोज तिमिल्सेनाले क्यामाराम्यान शिवराम श्रेष्ठ,सम्पादन प्रमुख सोहन मानन्धर नेपाल आइडलमा काम गरीसकेका अनुभवी व्यक्तिहरु रहेको जानकारी दिदै कार्यक्रम र्मिाण र अवलोकनका लागि नैदरल्याण्डबाट एउटा टोली र प्राविधिक सहयोगको लागि भारतबाट अर्काे टोली आएको जनाए । सो अवसरमा कान्तिपुर टेलिभिजनबाट आगामी साउन महिनाबाट एडिसन प्रसारण गरिने समेत पत्रकार सम्मेलनमा वताइयो ।

तपाईको प्रतिक्रिया