इटहरी । सिण्डिकेट खारेज गर्ने सरकारी नितीको विरोधमा उत्रिएका व्यवसायीहरुले सार्वजनिक यात्रुवाहक सवारी साधनहरु नचलाएपनि पुर्वमा सुरक्षाकर्मीहरुको सहयोगमा केही सवारी चलाइएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा आवद्ध यात्रुबाहक सवारीहरु नचलाइएपछि सुरक्षाकर्मीहरुको प्रयोग गरी सुनसरीमा केही कम्पनीहरुका सवारीहरु चलाइएको हो ।
अत्यावश्यक सेवालाई वन्द गर्न नपाउने नियमलाई पालना गराउने भन्दै सुनसरीको इटहरीवाट प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उपे्रतीको अगुवाईमा यात्रुबाहक सवारीहरु चलाइए छ । पुर्वी नेपालमा केही महिना अघि देखि मात्र सञ्चालनमा आएका यात्रुबाहक सवारीका साधनहरु चलाइएपनि ती सवारीहरुमा समेत नेपाल प्रहरी र सशस्त्र प्रहरीका चालकहरु राखेर चलाइएको पाइयो । पुर्वका विभिन्न ठाउँका लागि इटहरीबाट एरिना यातायात, विन्देश्वरी यातायात बसहरु चलाइयो । वस सञ्चालन गर्ने एरिना यातायातका अध्यक्ष समिर कार्कीले सरकारको सिण्डिकेट खारेजीको स्वागत गर्दै बसहरु सञ्चालनमा ल्याएको जानकारी दिए । यसरी सञ्चालन भएका सवारी साधनहरुमा चालकका साथै सुरक्षाका लागि सुरक्षाकर्मीहरु राखेर चलाइएको थियो ।
सरकारको नितीको विरोध गर्दै वन्द गराइएका गाडीहरु नियन्त्रणमा लिएर सञ्चालन गरिने सुनसरीका प्रमुख जिल्ला अधिकारी उप्रेतीले जानकारी दिए । त्यसै गरी यात्रुहरुका लागि सञ्चालन गरिएका यात्रुबाहक सवारी साधनहरुलाई सुरक्षा प्रदान गरिने सुनसरीका प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए । सुनसरीको इटहरीवाट यात्रुबाहक बसहरु काकरभिटा , धरान र विराटनगरका लागि प्रशासनको अगुवाईमा चलाइएपनि पश्चिम तर्फ भने यात्रुबाहक वसहरु सञ्चालन भएको देखिएन ।

तपाईको प्रतिक्रिया