मेघराज तामाङ

पाँचखपन । संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. १, २ र ३ नम्बरको संयुक्त वडा कार्यालय बन्द भएको छ । बिहिबार राती विप्लव नेतृत्वको नेकपाले अनिश्चित कालिन समयका लागि कार्यालय बन्द गरेको वडा नं. १ का वडाध्यक्ष टेक बहादुर बुढाथोकीले बताए । उनीहरुले कार्यालय परिशरमा झन्डा गोडेर विज्ञप्ती जारी गर्दै कार्यालय बन्द गरेका छन् । कार्यालय खोलेमा भौतिक कारबाही गर्ने विज्ञप्तीमा भनीएको छ । यसअघि ८ र ९ नं. वडाको कार्यालय नेकपाले नै १० दिन बन्द गराएका थिए ।

तपाईको प्रतिक्रिया