वैशाख  – बलिवुड सेलिब्रेटीको अभिनय, उनीहरुको फिल्म र उनीहरुको निजि जीवनका कारण सधै चर्चामा रहने गरेको पाइन्छ ।फिल्ममा निकै शिक्षार ज्ञानका कुरा गर्ने बलिवुडका ठुला अभिनेत्रीहरुले वास्तविक जीवनमा कति पढेका छन् त रु विभिन्न रिपोर्टलाई अध्ययन गर्दा बलिवुडका चर्चित अभिनेत्रीहरुको पढाई कोहि स्कुल नै गएका छैनन् भने कसैले १२ कक्षासम्म पढेको पाइएको छ ।

एक समयकी निकै चर्चित अभिनेत्री करिश्मा कपुरले केबल ६ कक्षासम्मको पढाई गरेकी छिन् । उनि ६ कक्षा पछि स्कुल जान नै छोडिन् । सानो उमेर देखि नै फिल्ममा रुची भएकी करिश्माले त्यसपछिको ध्यान सिनेमामा नै लगाइन र आफ्नो पढाई त्यतिमै छोडी दिईन् ।

अहिलेकी चर्चित अभिनेत्री कंगना रनावत पनि १२ कक्षा फेल हुन् । सानै देखि फेसनमा रुची राख्ने कंगनाका पिता उनलाई डाक्टर बनाउन चाहन्थे तर उनी १२ कक्षा फेल भएपछि घर छोडेर दिल्ली आएकी थिइन् । यहिबाट उनको फिल्मी क्यारियर सुरु भयो ।

अर्की चर्चित अभिनेत्री काजोल पनि १२ कक्षा पास गरेकी छैनन् । स्कुल तह बोर्डिंगमा पढेकी काजोलले १६ बर्षको उमेरमा नै पहिलो फिल्म बेखुदीमा अभिनय गरेकी थिइन् । त्यसपछि लगातार फिल्ममा व्यस्त भएकी काजोलले १२ कक्षा पढ्दा पढ्दै पढाईलाई अलबिदा गरेकी थिइन् ।

बलिवुडकी अहिलेकी व्यस्त नायिका कट्रिना कैफ भने कहिल्लै स्कुल नगएको बताइन्छ । सानो उमेरमा आफ्ना माता पिताको डिभोर्स भएपछि उनकी आमा एक सामाजिक संस्थासँग जोडिएकी थिइन् जसले गर्दा उनि एक देशबाट अर्को देशमा गइरहनु पर्ने कारणले कट्रिना स्कुल जान सकिनन् । उनकी आमाले घरमै ट्युसन पढ्ने गरेको बताइन्छ तर औपचारिक शिक्षा बहने उनले लिएकी छैनन् । १३ बर्षको उमेरदेखि मोडलिङ गर्न थालेकी कट्रिना अहिले बलिवुडकी नम्बर एक अभिनेत्री हुन् ।

बलिवुडकी अहिलेकी चर्चित अभिनेत्री दीपिका पदुकोने धेरै पढेकी हिरोइन मध्ये एक हुन् । दीपिकाले सोसोलोजीमा बिएसम्मको पढाई गरेकी छन् । दीपिकाले मास्टर पढ्न खोजेपनि फिल्ममा व्यस्त भएपछि सो पढाई भने गर्न सकिनन् ।

तपाईको प्रतिक्रिया