इटहरी । पुर्वाञ्चलमै पहिलो पटक सातौ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बैशाख २६ देखि २९ गते सम्म सञ्चालन हुने भएको छ । नेपाल खेलकुद महासंघ, राष्ट्रिय ब्याडमिन्टन संघको आयोजना तथा सुनसरी ब्याडमिन्टन एकेडेमी,इटहरी ब्याडमिन्टन क्लब, सगरमाथा ब्याडमिन्टन क्लब र रक्तमाला ब्याडमिन्टन क्लबको संयुक्त सह आयोजनामा उक्त प्रतियोगिता हुन लागेको  पत्रकार सम्मेलन गरी जानकारी गराए ।
ब्याडमिन्टन खेलको बिकास र बिस्तारका लागी यस्तो प्रतियोगिताको सञ्चालन हुन लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा करिब नेपालभरका पाचँसय भन्दा बढि खेलाडीले सहभागिता जनाउने अपेक्षा गरेको छ । प्रतियोगितामा मेन्स सिंगल,ओमन्स सिंगल,मेन्स डमल,ओमन्स डबल अण्डर १९ बोईज सिंगल, अण्डर १९ लेडिज सिंगल तथा भेटरान डबल लगायत गरि सातवटा ईभेन्ट सञ्चलन हुने बताईएको छ ।
खेलको मेन्स,ओमन्स सिंगलका बिजेतालाई प्रथम पुरस्कार नगद पँचास हजार,दोश्रोलाई पच्चिस हजार र तेश्रोलाई दश हजार प्रदान गरिने छ भने डबल तर्फ प्रथमलाई बिश हजार,दोश्रोलाई दश हजार र तेश्रोलाई पाचँ हजार नगद पुरस्कार संगै मेडल,प्रमाण पत्र र सिल्ड बितरण गरिने केन्दि«य संयोजक सुरेस कार्कीले पत्रकार सम्मेलनमा  बताए ।
प्रतियोगितामा भहभागी हुन सिंगल तर्फ पाचँसय प्रवेश शुल्क रहेको छ भने डबल तर्फ एक हजार रहेको छ । साथै टाडाबाट सहभागी हुने हरुलाई आयोजकले खाना र बस्ने व्यवस्था समेत गरेको जनाएको छ ।

सातौ पुष्पलाल ब्याडमिन्टन प्रतियोगिताका विजेताहरुका लागि नगद ट्रफि एवम अन्य पुरस्कारका लागि ३ लाख ६५ हजार रुपियाँ विनियोजन गरी सोही अनुरुप पुरस्कारको ब्यवस्था मिलाईएको मोहन प्याकुरेलले पत्रकारहरुलाई थप जानकारी दिए । इटहरी ब्याडमिन्टन सङ्घका अध्यक्ष मणिराज गुरुङ्ग र ब्याडमन्टिन सङ्घका केन्द्रिय महासचिव सुनिल शाक्य लगायतले पनि प्रतियोगिताका विषयमा जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया