इटहरी/ डा.योगी विकाशानन्दले आध्यात्मिक चिन्तन भए सोचाई मा सकारात्मक परिवर्तन आउने बताएका छन् । ग्रेट विजनेस मार्ट प्राली इटहरीले आयोजना गरेको नेतुत्व विकास प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिने क्रममा योगी विकाशानन्दले समय सँगै हिड्न र समय व्यवस्थापन गर्न सके जिवनमा सफलता प्राप्त गर्न सकिने उहाले बताउनु भयो । जिवन जिउन, बुझ्न र बनाउनका लागी आयोजना तालीम आयोजना गरीएको ग्रेट विजनेस मार्ट प्रा लीका अध्यक्ष निलम खड्काले बताउनु भयो । तालिममा सिप व्यवस्थापन, तनाव व्यवस्थापन, सकरात्मक सोच , खसी हुने कला। जिवन जिउने कला , नेतुत्व विकास लगायतको विषयमा डा.योगी विकाशानन्दले प्रशिक्षण दिएका छन ।
अन्तरक्रिया कार्यक्रममा डा.योगी विकाशानन्दल बोल्दै जीवनमा आइपर्ने दुख र सुखलाई मानिसको दृष्टिकोण भएको बताए । “मानिसको जीवन भनेको गिलास जस्तो हो, खाली छ भने भर्न मिल्छ, भरिएको छ भने पिउन मिल्छ । दुख र सुख यथार्थ होइन । दुख र सुख भनेको मानिसको दृष्टिकोण हो । कोरियामा काम धेरै गर्नुपर्यो भनेर मानिसहरुको गुनासो सुनियो । काम धेरै भएर मानिसहरु डिप्रेसनको सिकार भएको पनि पाइयो । तर काम नभएर पनि डिप्रेसन हुन्छ । आफ्नो अहंकारलाई जितेर सकारात्मक सोचका साथ अगाडि बढेमा सफल हुन सकिने उहाले बताउनु भयो । आफ्नो अहंकारलाई जितेर सकारात्मक सोचका साथ अगाडि बढेमा सफल हुन सकिने ज्ञान हासिल गरेको तालीममा सहभागीहरुले बताए ।

तपाईको प्रतिक्रिया