इटहरी । सुनसरीको रामधुनी नगरपालिका ७ बक्लौरीमा रहेको चौसठठी विघा पर्यटकिय गन्तव्यका रुपमा विकसित वन्दै आएको छ ।ठुलो सिमसार क्षेत्र रहेको चौसठठी विघा क्षेत्रफलमा रहेको बनजंगल तथा जंगल क्षेत्रमा निस्कने पानीको मुललाई संरक्षण गरी तालको रुपमा विकसित गएिपछि पर्यटकहरुको आगमन हुन थालेको हो । भुलभुलैयाबाट निस्कने पानीलाई संरक्षण गरी राष्ट्यि संरक्षण ताल वनाइएको छ । सुनसरी सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रमा विभिन्न संरचनाहरु वनाएर आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने गरी काम भईरहेको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने क्रममा इमान सिंह चेम्जुगं पार्कको नाम दिएर निर्माण भई रहेको सो क्षेत्रमा आन्तरिक पर्यटकहरु आउने क्रम सुरु भएको पार्क समितिका उपाध्यक्ष शशी राई वताउछन । ताल सहितको पर्यटकीय क्षेत्र निर्माण गर्ने भन्दा नपत्याउने अहिले संरक्षणको क्षेत्रमा लागेको समेत उनले जानकारी दिए । सो क्षेत्रमा ताल निर्माण गर्ने कार्य देखि विभिन्न टहराहरु निर्माण गरिदै आएको छ । सालको ठुला तथा हुर्कदै गरेका विरुवाहरु समेतको जगंल क्षेत्रमा विभिन्न प्रजातिका पुलती तथा चराहरु आउने गरेका स्थानीयहरु वताउछन । ग्रामिण क्षेत्रमा रहेको मनोरम क्षेत्र भएपनि संरक्षणका दृष्टिकोणले स्थानिय तथा नगरपालिकाले समेत ध्यान दिन नसकेको समेत ताल क्षेत्रमा पुग्नेहरुले प्रतिक्रीया दिएका छन । सो ताल क्षेत्रमा परम्परागत डुगां तथा पाइडलवाला दुई दुई डुगांहरु सञ्चालनमा रहेका छन । प्रसस्त संभावना बोकेको क्षेत्र भएपनि प्रचारप्रसारको अभावमा अपेक्षाकृत रुपमा पर्यटकहरु नआइरहेको गुनासो गरिएको छ ।

तपाईको प्रतिक्रिया