भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा खुकुरी प्रहारबाट एक युवती घाईते भएकी छिन । खुकुरी प्रहारबाट षडानन्द नगरपालिका – ७ गढीगाउँ बस्ने कुमार सार्कीकी २० बर्षीय छोरी विमला चर्मकार घाईते भएको जिल्ला प्रहरी कार्यालय भोजपुले जनाएको छ ।
सोमबार दिउँसो दुई बजेको समयमा चर्मकारलाई सोहि नगरपाकिा –८ तुङ्गेछा बस्ने अन्दाजी ४५ वर्षीय कुमारी रोक्काले घरमा पाहुना आएको बेला खुकुरी प्रहार गरेकी हुन् ।
रोक्काको मानसिक सन्तुलन ठिक नभएको प्रहरीको भनाई छ । खुकुरी प्रहारबाट चर्मकारको टाउको र हातमा चोट लागेको छ । चर्मकारलाई उपचारका लागि दिङ्ला स्वास्थ्य चौकी पठाएको र खुकुरी प्रहार गर्ने महिलालाई भने प्रहरीले नियन्त्रणमा लिई आफन्तको जिम्मा लगाई थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरान लैजाने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक चरित्र विक्रम कार्कीले जानकारी दिए ।
त्यस्तै भोजपुरको रामप्रसाद राई गाउँपालिका – ४ पनि स्थानिय २५ वर्षीय कुमार राईलाई उनका ठुलो वुवा ६० वर्षीय दोर्ण वहादुर राईले खुकरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट घाइते राईको जिल्ला अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । खुकुरी प्रहार दोर्णलाई प्रहरी पक्राउ गरि अनुुसन्धान थालेको छ ।

तपाईको प्रतिक्रिया