अाज २९ औ अन्तराष्ट्रिय श्रमिक दिवसका दिन पत्रकार मनाेज भुजेलले यस्ताे लेखेका छन ।

#कालो दिन : २९ औ अन्तराष्ट्रिय श्रमिक दिवस । श्रम गर्नेहरुको लागि शुभकामना छ आजको दिनलाई । यो दिनमा सबैलाई सम्झदा पत्रकारहरुलाई पनि पकै सम्झनु पर्छ जस्तो लाग्छ मलाई । एउटा मिडिया हाउसको लागि जो श्रम हामी गरिरहेका छौ ।

एउटा मिडिया हाउसलाई नंम्बर एक बनाउन हामी जस्तै देशभरका पत्रकारले कति श्रम गरिहेका हुन्छन । तर श्रमको सम्मान हामी महिनामा पाउने पारिश्रमिक ५ महिना पछि या बर्षमा एक पटक त्यो पनि आधा रकम कर लागि लागि पठाउछ मालिकले ।

श्रमको सम्मान पाउने आशाले जिन्दगी यसैमा बित्छ । यो बिचमा पनि जिन्दगी छ यसलाई चलाउनु पर्छ र पाल्नु पनि । श्रमको मुल्याकंन हुनु पर्छ भन्ने चिप्ले कुरा गर्ने सोही मिडिया हाउस आज पत्रकारको अबस्थाको बारेमा किन रिर्पाेट र सबाल जवाफ गदैन ?
मलाई त लाग्छ यो दिन औसत पत्रकारहरुको कालो दिन हो । श्रमिक पत्रकारहरुको सम्मान कहिले गर्ने मिडिया हाउसका संञ्चालक ज्यूहरु ?

 

 

 

तपाईको प्रतिक्रिया