बैशाख,भर्खरै सकिएको निर्वाचनको परिणामलाई लिएर पुर्व स्वास्थ मन्त्री एवम् नेपाली काँग्रेस केन्द्रिय सदस्य गगन थापाले भने निर्वाचनको परिणामले पिडामा छु,आक्रोश छु त्यस पीडा बाट निक्लने प्रयत्नमा आत्मविश्वास सङ्कल्प राखेको छुू।विगतका कुरा निर्वाचन नतिजा चर्चा गर्नु छ,अनुशासन भित्र बस्नु चर्चा गर्नु छ उनले थपे ।सोमबार हेटौंडामा भयको नेपाली काँग्रेसको जिल्ला सम्मेलनमा बोल्दै थापाले निर्वाचन काङ्ग्रेसले नै गराएको स्मरण गर्दै यो बिचमा निर्वाचनमा हार बेहोर्नु दुस्खदायि ब्यक्त गरे।आगामी पाँच वर्ष भित्र काँग्रेस पहिलो पार्टीको रुपमा स्थापित हुने दावी गर्दै काङ्ग्रेसले अब गाउँ गाउँमा संगठनहरु विस्तार गर्नु पर्नेमा जोड दिनुभयको छ।यस्तै जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले जिल्ला सम्मेलनमा बोल्दै भने काङ्ग्रेसले निर्वाचन गरेर आफ्नो जिम्मा पूरा गरेको छ,संविधान जारी व्यवस्था गर्न सफल भयको छ।ल्ला सम्मेलनमा जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्माले आर्थिक प्रतिवेदन र सचिव बुद्ध लामाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सम्मेलनमा प्रदेशसभा सदस्य सन्त बहादुर चेपाङ, नेता उमा दाहाल,बकैया गाउपालीकाका अध्यक्ष दामोदर खनाल,पूर्व जिल्ला सभापति रघुरमण न्यौपाने, जयराम लामिछाने, नेविसंघका जिल्ला अध्यक्ष राजु खतिवडा, नगर अध्यक्ष आननदराम पराजुलि लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम नेपाली काँग्रेस जिल्ला सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नारी विकास संघको २४ औं वार्षिक साधारण सभा सम्पन्न
मोरगं । नारी विकास संघ शाखा कार्यालय सलकपुरले एक कार्यक्रमको आयोजना गरि २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । महिला...
सहकारी क्षेत्रको प्रवद्र्धन स्थानीय तहसंग सहकार्य र समन्वय विषयक अन्तरक्रिया
इटहरी । स्थानीय तहहरुसंग सहकार्य र समन्वयमा सहकारी क्षेत्रको प्रद्धर्वनका लागि सहज वनाउने उद्धेश्यले सुनसरीको इटहरीमा एक...
सुनसरी साक्षर जिल्ला घाेषणा भएकाे ४ वर्ष : रामधुनीकाे सिंगाे मुसहर बस्ति शिक्षाबाटै बञ्चित
इटहरी । सुनसरी जिल्लालाइ साक्षर जिल्लाको रूपमा घोषणा गरिएको फागुनमा ४ वर्ष पुग्छ । बडो तामझाम र बाजा गाजा सहित औपचारीक क...
इटहरीका एकै घरका दाजु बहिनीको एकै दिन मृत्यु
इटहरीका एकै घरका दाजु बहिनीको एकै दिन मृत्यु भएको छ । इटहरी २० तरहरा तामाङ टोलका एक राजेन राई र बहिनी दिपा राईको एकै दिन...
फुटपाथमा सुतेका मजदुरमाथि चल्यो ट्रक, १५ जनाको मृत्यु
भारतको गुजरातमा फुटपाथमा सुतेका मजुदरमाथि ट्रक चलेको छ । ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्था...
धनकुटा लेडी जेसिजको दोश्रो पदस्थापन, बर्ष २०२१ को अध्यक्षमा बिसिका
धनकुटा । धनकुटा लेडी जेसिज बर्ष सन् २०२१ को अध्यक्षमा निर्वाचित जेसी बिसिका श्रेष्ठलाई पद हस्तान्तरण गरिएको छ । पुर्व मन...