इटहरी । चलचित्र ‘भोर’को च्यारीटि सो धरानमा सम्पन्न भएको छ । उक्त च्यारीटि सो धरान मधेसी समाजले आयोजना गरेको हो । मधेसी युवा तथा बालबालिका उत्थानका लागि धरानको गणेश हलमा आयोजना गरीएको च्यारीटि सो हेरे पश्चात दर्शकहरुले उत्साहजनक प्रतिकृया दिएका छन् । मधेसमा व्याप्त दाइजो प्रथाको कथालाई प्रस्तुत गरिएको यस चलचित्रको निर्देशन तथा पटकथा यादवकुमार भट्टराईले गरेका हुन् । चलचित्रमा रामनारायण ठाकुर, अनितारानी मण्डल, प्रमेस झा, मदन ठाकुर, विष्णुकान्त झा लागायतका कलाकारले अभियन गरेका छन् । राम तिमल्सिना र राम गोपाल थापाको निमार्णमा बनेको चलचित्रलाई दिपक बज्राचार्यले खिचेका हुन् । बैशाख २१ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई कृष्ण धारावासीले लेखेका हुन् ।

तपाईको प्रतिक्रिया