इटहरी । बैशाख  भएको छ । उभौँलीका अवसरमा किराँत राईहरुले विशेष धुमधामका साथ साकेला शिल्ली नाच्ने गर्दछन । सुनसरीमा पनि किराँत राईहरुले उभौलीको अवसर पारेर साकेला सुरु गरेका छन ।
सुनसरीको रामधुनी नगरपालिका वडा नम्वर ७ मा रहेको सुनसरी सामुदायिक वन क्षेत्रमा रहेको साकेला थानमा गएर भुमि पुजा गरी साकेला सुरु गरेका हुन । किराँत राई यायोख्खा रामधुनी ७को आयोजनामा साकेला शिल्ली प्रस्तुति सहित साकेला सुरु भएको जानकारी गराईयो । आगामी जेष्ठ ५ गते सम्म सुन्सरीमा साकेला नाचिने आयोजकहरुले जानकारी दिएका छन ।
प्रकृतिक पुजक किराँत राईहरुले बाली नाली राम्रो होस तथा आफन्तहरुको सुस्वास्थ्यको कामना गर्दै उभौली पर्व मनाउने गरेका छन । गर्मीको मौषममा उभो तर्फ वातारण चिसो हुने तथा चराचर देखि लिएर मानिसहरुलाई उपयुक्त हुने भएकाले उभो तर्फ लाग्ने गरेको मान्यता समेत रहदै आएको छ । उभौलीका अवसरमा आयोजित कार्यक्रमकी प्रमुख अतिथी प्रदेस नम्वर १की उपसभामुख सरस्वती पोखरेलले उभौली तथा उधौली किराँत राईहरुको मात्र पर्व नभएर राष्ट्रिय पर्व समेत भएको भन्दै राष्ट्रिय पर्वको मान्यता दिनको लागि समेत पहल गर्ने वताइन । उनले बाहुनकी छोरी आफुलाई कार्यक्रमको प्रमुख अतिथी वनाएर समेत तपाईहरुले यो पर्व किराँत राईहरुको मात्र हैन भन्ने संदेश दिनु भएको छ समेत भनिन । प्रवेश राईको अध्यक्षतामा भएको कार्यक्रममा रामधुनी नगरपालिकाका प्रमुख जयप्रकास चौधरी,ज्ञान किराती रहेका थिए । सो कार्यक्रममा पुर्वका चर्चित गायक रोज सुनामी राईले आफना विभिन्न गितहरु सुनाएर मनोरञ्जन दिएका दिएका थिए । उभौलीको अवसर पारेर पर्यटकीय क्षेत्रको रुपमा विकास हुदै आएको बक्लौरीको ६४ विघा क्षेत्रमा रहेको राष्ट्रिय संरक्षण तालको प्रचार प्रसारका लागि समेत सोही स्थानमा कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । साकेला शिल्ली सहित अन्य नृत्यहरु सहित सांगितीक प्रस्तुतिहरु रहेका थिए ।

तपाईको प्रतिक्रिया