हिमाली भेगमा पाउने लोक्ता र अर्घेलिलाई सुनसरीको इटहरीमा ल्याएर साना उद्योगको रुपमा उत्पादन हुदैआएको छ।
सङ्खुवासभाका बासु खड्का र समर राईले सङ्खुवा सभाको हिमाली भेगबाट लोक्ता र अर्घेली सङ्कलन गरि बिगत दुई वर्षदेखि इटहरीमा उत्पादन गर्दै आईरहेका छन।त्यहाँ बनाएका कागज हाल जापनका लागि समेत गैरहेको कुरा बासु र समर राईले बताए।राम्रो गुणस्तर भएकै कारण यसको माग बढेकोले उत्पादन हुदैआएको बताए।तर बन कार्यालयले समयमै छोड पुर्जी नदिदा कच्चा पदार्थ ल्याउन असहज भएको बताए।केही समय अगाडि चुनावका कारण पुर्जी नबन्दा कच्चा पदार्थ ल्याउन नसकि केही दिन काम रोक्नुपरेको दुखेसो पोखे।यसरी उत्पादन गर्दा स्थानीय स्तरमा रोजगारीको समेत सिर्जना भएको बताए।हाल यहाँ पन्ध्र जना कामदारहरु कार्यारत छन समर राईले बताए।मौसम राम्रो हुनेभएकोले पनि तरहरा क्षेत्र रोजेको बताए।हाल यहाँ समर राई र उनका श्रीमती राधा राई नियमित रुपमा कामदार सङ्गै कागज उत्पादनमा ब्यस्त छन।

तपाईको प्रतिक्रिया