इटहरी । समाजको आमुल परिवर्तन गर्न महत्वपुर्ण भुमिका कला, साहित्य तथा संगित क्षेत्रले खेल्ने भन्दै इटहरी उपमहानगरपालिकाले पाँच दिने सांस्कृतिक महोत्सवको आयोजना गर्ने भएको छ ।
इटहरी उपमहानगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी आगामी जेष्ठ २२ गते देखि २६ गते सम्म सांस्कृतिक महोत्सवको आयोजना गर्न लागेको जानकारी दिएको हो । महोत्सवमा प्रतियोगितात्मक कवि गोष्ठी,नाट्य अभियान कार्यशाला, विचार गोष्ठी लगायत समावेश गरिने उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिईन । सांस्कृतिक महोत्सवमा गायन सम्वन्धी संगित कार्यशाला समेत रहेको समेत जानकारी दिइयो । समापनका दिन फरक क्षमता भएका इटहरीका साहित्यकार वियोग सापकोटालाई अभिनन्दन सहित नगद पुरस्कार प्रधान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
इटहरीमा आयोजना गर्न लागिएको सांस्कृतिक महोत्सव प्रदेस नम्वर १को पहिलो हुने तथा प्रदेस र राष्ट्रमै विशिष्ट पहिचान गराउने महोत्सव हुने अनुमान गरिएको छ । हेर्नुहोस भिडीयो—-

तपाईको प्रतिक्रिया