इटहरी । करिब रातको साढे १२ बजेको थियो मैले एउटा हाफपाइन्ट जस्तै कट्टु लगाएको थिए माथी कपडा थिएन हात खुट्टामा थोरै थोरै चोट देखिएको थियो अनुहारमा हल्का कालो दलिएको थियो परबाट हेर्दा फोहोरी टाइपको जस्तो देखिन्थ्यो । आगो भन्दै चिच्याउदै इटहरी उपमहानगरपालिकाको गेटमा पुगे तर त्यहका नगर प्रहरीले पागल भनेर खेदाए फर्केर आइपुग्दा मेरो सर्वस्व सकिसकेको थियो । मैलै कैयौ पटक घरमा आगलागी भएको कुरा सुनाउन चाहे तर नगर प्रहरीले मेरो हुलिया देखेर कहाँबाट आएको पागल भन्दै कुरै सुन्नको सट्टा उल्टै लाठी बोकेर लखेटे । यो संवाद हो इटहरी उपमहानगरपालिका ४ पारूहाङ चौकमा बसोबास गर्ने एक स्थानीय युवाको हो ।पारूहाङ चाैककाे एक काठकाे घरमा आगलागी भएकाे थियाे । बिद्युत सर्ट भएर अागलागि भएकाे भनिएपनि अहिले सम्म मुख्य कारण पतता लागेकाे छैन । आगलागी पश्चात नजिकैकाे दमकललार्इ बाेलाउन चिच्याउदै उपमहानगर अघाडी पुगेका स्थानीयलार्इ नगर प्रहरीले पागलकाे संज्ञा दिदै लखेटेपछि समयमै अागलागि नियन्त्रणमा अाउन नसकेकाे अागलागि पिडितहरूले बताएका छन । अागलागिबाट एक काठकाे घरभित्र सञ्चालन हुदै अाएकाे ४ वटा पसल जलेर नस्ट भएकाे छ ।अागलागिबाट करीब ७० लाखकाे नाेक्सान भएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । अागाे नियन्त्रणका लागि इटहरी उपमहानगरबाट सुरूमै बारूणयन्त्र पुगेपनि समयमै नपुगेकाे कारण ठुलाे क्षती भएकाे स्थानीय पिडितहरूले बताएका छन । अागलागिकाे कारण पारूहाङ चाैकका स्थानीय पदम अधिकारी , बालकुमार राई, विदेशीकुमार श्रेष्ठ र मनकुमारी राई सामान्य घाइते समेत बनेका छन । अागलागिबाट अधिकारीकाे सबैभन्दा बढी क्षती भएकाे बताएका छन । उनकाे मासु पशल , घरमा राखिएकाे सुनचादिका गरगहना , नगद लता कपडा , भाडाबर्तन लगायत फर्निचर सबै नस्ट हुदा करीब ५० लाख क्षति भएकाे बताएका छन । त्यसै गरी बालकुमार राई, विदेशीकुमार श्रेष्ठ र मनकुमारी राईकाे पनि पसलहरू जलेर नस्ट भएकाे छ ।
अागलागि संगै घरमा भएकाे ग्यास बिस्फाेट भएपछि संगैका छिमेकाे घरमा पनि सामान्य क्षती पुगेकाे छ । अागलागिकाे बेलामा अागन अघाडी रहेकाे बारूणयन्त्रलार्इ खबर गरेकाे तर समयमै नअाउदा मान्छे समेत लिन जादा उल्टै पागल भनेर लखेटेपछि यत्राे क्षती हुन पुगेकाे अागलागिबाट पिडित स्थानीय पदम अधिकारी बताउछन ।  बाेलाकाे बेला समयमै बारूण यन्त्र अाएकाे भए यत्राे क्षति नै हदैन थियाे पिडित अधिकारीले भने अागलागिकाे अाधा घण्टा पछि मात्र इटहरी उपमहानगरकाे बारूणयन्त्र घटनास्थलमा अाएकाे बताउदै त्यति बेला सम्म अाफ्नाे सर्स्व सकिसकेकाे अधिकारीकाे भनाइ छ । अागलागिबाट अधिकारीकाे एक सर्काे जिउमा लगाएकाे कपडा बाहेक केही बाकि रहेकाे छैन ।
यता अागाे लागेकाे जानकारी पाए लगत्तै बारूण यन्त्र पुगेर ज्यान जाेखिममा पार्दै अागा नियन्त्रणमा लिएकाे इटहरी उपमहानगरका बारूणयन्त्रका कमचारी राजकुमार तामाङले बताए । स्थानीयले भने अनुसार  शुन्दरहरैचा नगरपालिकाबाट बारूणयन्त्र घटनास्थल पुगेकाे बताएपनि सुरूमा इटहरीबाटै अाएकाे कर्मचारी तामाङकाे दाबी छ । अागाे करीब १ घण्टापछि नेपाल प्रहरी , सशस्त्र प्रहरी , स्थानीयबासी , इटहरी बारूणयन्त्र र शुन्दर हरैचाबाट अाएकाे बारूण यन्त्रकाे सहयाेगमा नियन्त्रणमा लिइएकाे थियाे । हेनुहाेस भिडीयाे

तपाईको प्रतिक्रिया