याम माबोहाङ लिम्बू
इलाम  । इलाममा जारी चौथो टुर्बोक अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपमा रुस्लान थ्रीस्टार क्लब ललितपुर फाइनलमा प्रवेश गरेको छ । इलामको ठूँलो टुँडिखेलमा आज (शनिबार) भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल काठमाण्डौंलाई २–० गोल अन्तरले पछि पार्दै फाइनलमा प्रबेश गरेको हो ।

फाइनल प्रबेशका लागि थ्रीस्टारका तर्फबाट खेलको पहिलो हाफको इन्जुरी समयमा राष्ट्रिय खेलाडि बिमल घर्ती मगरले गोलको खाता खोलेका थिए । दोस्रो गोल खेलको ९० औं मिनटमा विमल घर्ती मगरको लामो पासलाई सदुपयोग गर्दै मार्टिनले डिबक्स एरिया नजिकैबाट सहि दिशा दिलाउँदै जाली चुमाएर निर्णायक गोल गरे ।

आजको खेलको म्यान अफ दि म्याच विमल घर्ती मगर घोषित भए । उनले नगद १० हजार नगद सहित चाँदीको म्याडल प्राप्त गरेका छन् ।

विजयी टिम थ्रीस्टार र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीसँग पर्सी बैशाख १७ गते उपाधीका लागि भिड्ने आयोजक माईभ्याली क्लबले जानकारी गराएको छ ।

फाइनल प्रबेश पाएको रुस्लान थ्रीस्टार ललितपुरले विभागीय टिम नेपाल पुलिस क्बललाई ४–३ गोलले पराजित गर्दै सेमिफाइनमा आइपुगको थियो । अपराजित एपिएफले पाहुना टिम बंगलादेशी टोलीलाई पहिलो खेला र क्वाटरफाइनलमा झापालाई हराएको एपिएफलाई पराजीत गर्द सेमिफाइनलमा प्रवेश गरेको हो ।

१७ वैशाखसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशकाका गरी १२ टिमको सहभागिता थियो  । माइभ्याली फुटबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् । २०७१ सालदेखि प्रत्येक वर्ष सञ्चालन हुने अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप पूर्वी पहाडकै लोकप्रिय प्रतियोगिता हो ।

तपाईको प्रतिक्रिया