धरान बैशाख १५ संघिय सरकारले काठमाण्डौंलाई मात्र पर्यटनको हब मान्दै आएको भन्दै प्रदेश नम्बर १ को पर्यटन हब धरानलाई बनाएर पुर्व क्षेत्रको पर्यटन विकासमा ध्यान पु¥याउन एक कार्यक्रममा सहभागीहरुले माग गरेका छन् ।
धरानमा आयोजित एक कार्यक्रममा पर्यटन प्रवद्र्धनका लागि सरोकारवालासंग भएको अन्तरक्रिया कार्यक्रममा पर्यटक व्यवसायीहरुले स्थानीय तहमा पाईने पर्यटकीय वस्तुहरुको पहिचान गर्री प्रवद्र्धन र विकाश गर्नुपर्ने आवश्यक्ता रहेको औल्याएका छन् । विराट क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिती काकडभित्ताले आयोजना गरेको कार्यक्रममा १ नं. प्रदेशमा अवस्थित राष्ट्रिय सम्पदाहरुको प्रचार–प्रसार गरि आन्तरिक तथा बाह्य पर्यटन बजारलाई आकर्षित गर्न आवश्यक रहेको औल्याइएको थियो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै विराट क्षेत्र पर्यटन प्रबद्र्धन विकास समितिका अध्यक्ष डिल्लिराम शर्मा अधिकारीले प्रदेश नम्बर १ मा वार्षिक रुपमा १० लाख पर्यटकहरु आउने गरेकोे तथ्याङ्क आफुहरुसँग भएको बताएका थिए । उनले पर्यटकहरु औषतमा १३।४ दिन बस्ने गरेको र प्रतिदिन प्रतिव्यक्ति ५३ डलर खर्च गर्ने गरेको तथ्याङ्क रहेको जानकारी गराएका थिए । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा धरानले गर्न लागेको इष्ट टुरिज्जम मेला पूर्वको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हुने बताउका थिए । पर्यटनको ठुलो सम्भावना प्रदेशमा भए पनि पर्यटकहरुलाई पर्यटकीय क्षेत्रहरुमा पु¥याउन नसक्दा त्यसबाट यथोचित लाभ लिन नसकेको गुनासो सहभागीहरुले गरेका थिए ।

बहुउद्देश्यीय योजनाहरु लागु गर्दै प्रदेशका पर्यटकीय क्षेत्रहरुको विकाश गर्न सके मात्रै प्रदेश नम्बर १ लाई पर्यटनको मुख्य आधार बनाउन सकिने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया