मालसामान ढुवानी गर्ने कङ्कर नामक मालबाहक रेल कोलकाता बाट भारतको बथनाहा जोगवनी प्रस्थान गरेको छ । पूर्वी नेपालका उद्योगी व्यवसायीले तेस्रो मुलुकबाट आयात गरेका औद्योगिक कच्चा पदार्थ एवं अन्य मालसामान ढुवानीगर्ने उक्त कङ्कर नामक रेल कोलकताबाट हिडेको हो ।

जोगवनीतर्फ प्रस्थान गरेको उक्त रेललाई बुधबार बन्दरगाहमा झण्डा फहराएर कोलकाताबाट बिदाइ गरिएको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।कोलकाताबाट नेपाल आउने मालबाहक दुई वटा रेलमध्ये बिहीवार जोगवनीतर्फ प्रस्थान गरेको मालबाहक रेल सेवा सञ्चालनसँगै समय र ढुवानी खर्चमा भारी कटौती हुने देखिन्छ त्य संगै ब्यापार सहजीकरणमा योगदान पुग्ने पुर्वी नेपालका ब्यावसायीहरुको अपेक्षा रेहेको छ ।

तपाईको प्रतिक्रिया