छिमेकी देश भारत सहित अरु देशमा मोनोरेल नौलो होइन । नेपालमा मोनो र मेट्रो रेल अहिले पनि चर्चाको विषय हो । स्थानीय तहको चुनावमा विभिन्न दल र उम्मेदवारले समेत मोनो र मेट्रो रेल कुदाउने घोषणा पत्रमै लेखे ।आन्तरीक तथा बाहिय पर्यटकहरूको गन्तब्य संगै आकर्षक केन्द्र बनाउनकालागि बिराट मोनोरेल ईन्टरनशनल प्रालिले मोरङको बिराटनगर देखि सुनसरीको इटहरी हुदै तरहरा सम्म मोनोरेल संचालनको तयारी थालेको छ । आगामी तिन बर्षमा पुरा हुने गरी कसरीब ७ अरबको लगानीमा सो रेल सञ्चालनको तयारी भइरहेको छ । बिराटनगरको जोगवनीदेखि ईटहरीको तरहरासम्मको ३५ किलोमिटरको दुरीमा बिद्युतीय मोनोरेल संचालन गर्ने पहिलो चरणको तयारी अन्तरगत प्रारम्भिक कार्य सुरू भएको छ ।

बिराटनगर देखि इटहरी हुदै तरहरा सम्म करीब २०० किलोमिटरको गतिमा कुद्ने बाताबरण मैत्री बिद्युतीय मोनोरेल सञ्चालनको तयारी भइरहेको र यसको प्रारम्भिक कार्य समेत अघि बढाइएको सो कम्पनिले जनाएको छ ।

के हो मेनो रेल ?

मोनोरेल बिजुलीबाट चल्छ । यो बस भन्दा केही ठूलो र डिब्वा जोडिएको हुन्छ । जमिनबाट उठाइएको बिमको सहारामा एउटै ट्रयाकमा यो रेल गुड्छ । एउटै ट्रयाकमा गुड्ने भएकाले मोनो भनिएको हो । मोनो रेल कुदाउन ठाउँठाउँमा पिलर गाडेर ट्रयाकलाई जोडिन्छ । मोनो रेलको पांग्राले ट्रयाकलाई दुवैतिरबाट समाउँछ । मोनोरेलको लागत प्रतिकिलोमिटर २ देखि ३ अर्ब रुपैयाँ पर्छ ।

मोनो र मेट्रो रेल फरक हुन्

दुई ट्रयाक चाहिने, धेरै ठाउँ ओगट्ने, जमिनमुनि सुरुङ खनेर कुदाउने र अर्बौं लगानी लाग्ने मेट्रो रेल भन्दा मोनोरेल तुलनात्मक रुपमा सस्तो र सजिलो छ । मेट्रो रेल साँघुरा बस्तीमा बनाउन सकिँदैन । मोनोको तुलनामा मेट्रो रेल गुडाउनको लागि समय धेरै लाग्छ । यसले मेट्रो रेलले भन्दा कम ध्वनि निकाल्छ । तर काठमाडौं जस्तो भूबनोट, पिल्लर ट्रयाक बनाउँदा पर्ने मोड अनि भूकम्प जस्ता जोखिम मोनोरेलका लागि चुनौती हुन् भन्नुहुन्छ भौतिक पुर्वाधार विज्ञ सूर्यराज आचार्य ।

मोनोरेलका राम्रा पक्ष

मोनोरेल बिजुलीबाट चल्छ । निर्माणमा सस्तो भएकाले मोनो रेलको गति तथा क्षमता मेट्रो रेलको भन्दा कम हुन्छ । मोनो रेल वातावरणमैत्री मानिन्छ । वायु र ध्वनी प्रदुषण कम हुन्छ । नागरिकको स्वास्थ्यमै सुधार आउँछ । डिब्वाको संख्या अनुसार ५० देखि ४ सयजना सम्म एकैपटक यात्रा गर्न सक्छन् ।

तपाईको प्रतिक्रिया