इटहरी, १४ बैशाख । इटहरी उपमहानगर क्षेत्रमा केही बर्ष सुस्ताएको इटहरीको यौनधन्दा फेरी सुरु भएको छ । दुई दिनदेखी इटहरीवाट २६ भन्दा वढी प्रकाउ परी सकेका छन । पक्राउ पर्नेहरुमा अधिकाशं कलेज तहको विद्यार्थीहरु रहेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । पक्राउ परेका कलेजका विद्यार्थीहरु लाई उनीहरुको अभिभावक बोलाएर जिम्मा लगाउँर्दै अव उप्रान्त त्यस्तो कार्य नगर्न नगराउने प्रतिबद्धा गराई छाड्ने गरेको बताईएको छ । यौन कार्यमा सं्रलन केही विद्यार्थीहरुलाई अभिभावक बोलाएर जिम्मा लगाएको र केही लाई मुद्धा चलाएको इलाका प्रहरी कार्यलय इटहरीले जानकारी दिएको छ । अभिभावक कलेज र विद्यार्थी  बीचको असझदारीका कारण अनि सहि निगरानी हुन नसक्दा कलेज तहका किशोर किशोर बढि विग्रने गरेकोे छ ।

तपाईको प्रतिक्रिया