इटहरी, १४ बैशाख । इटहरी उपमहानगर क्षेत्रमा केही बर्ष सुस्ताएको यौनधन्दा फेरी बढेको छ । फेरी यौन धन्दा वढेपछी इलाका प्रहरी कार्यालयले खोज अभियान अघि बढाएको छ । यस क्रममका दुई दिनमा इलाका प्रहरी कार्यालय इटहरीले २६ जोडी यौन कार्यमा सम्लग्न भएको  अवस्थामा पक्राउ गरि सकिएको इलाका प्रहरी कार्यालय इटहरी जानकारी दिएको छ । प्रकाउ परेका केहीलाई मुदा चलाइएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीले दुइ दिनअघिदेखि यो अभियान चलाएको बताएको छ । त्यस क्रममा विभिन्न होटल लज र रेष्टुरा लगायतको क्षेत्रमा खोज अभियान गरिएको पनि जानकारी दिएको छ । होटल लज र रेष्टुराले होटल लज ब्यवसायी सङ्घको आचार संहिता विपरितको कार्य गरेकोप्रति प्रहरीले चेतावनी समेत दिएको जानकारी आएको छ ।

तपाईको प्रतिक्रिया