इटहरी, १३ बैशाख । इटहरीको क्रिकेट खेल विकासमा लामो समयदेखि योगदान पु¥याउँदै आएको सेभेन स्टार क्लव इटहरीले यही बैशाख २९ देखि जेठ ५ गतेसम्म तेस्रो इटहरी राष्ट्रिय क्रिकेट खेल प्रतियोगिता सञ्चालन गर्ने आज पत्रकार सम्मेलान आयोजना गरी जानकारी दिएको छ ।
इटहरीको डिभिएम क्रिकेट खेल म्रदानमा नक आउट प्रणालीमा खेलाईने उक्त तेस्रो इटहरी राष्ट्रिय क्रिकेट खेल प्रतियोगितामा अघिल्लो बर्षको डिफेण्डिङ्ग च्याम्पियन टिम पुलिस क्लव सहित आठवटा क्लवको सहभागिता हुने क्रिकेट क्लव सुनसरीका अध्यक्ष एव्म प्रशिक्षक सीपी पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
कम्तिमा १४ लाख रुपियाँ खर्चमा सम्पन्न गर्ने योजना रहेको तेस्रो इटहरी राष्ट्रिय क्रिकेट खेल प्रतियोगिताको मुख्य संयोजना इटहरी उपमहानगरपालिकाले गर्ने तथा किसान बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा उक्त प्रतियोगिता सम्पन्न गर्ने तयारी भई रहेको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
प्रतियोगिताका बिजेताले ७५ हजार नगद ट्रफी र अन्य पुरस्कार प्राप्त गर्ने पनि उहाँले जानकारी दिनुहुँदै प्रतियोगिताको दोस्रो हुने क्लवले ४० हजार तथा म्यान आफ म्याच हुनेले १० हजार नगद र अन्य पुरस्कार प्राप्त गर्ने पनि प्रशिक्षक सीपी पौडेलले बताउनुभयो ।
क्लवका अध्यक्ष बिनोद घिमिरेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा किसान बचत तथा ऋण सहकारी संंस्थाका खेल संयोजक श्याम थापाले खेल प्रायोजनका विषयमा प्रकाश पार्नुभएको थियो ।

तपाईको प्रतिक्रिया