इटहरी । गर्मीको समयमा तराईमा लामखुट्टेको बिगविगी हुने गर्दछ । लामाखुट्टेका कारण साँझ विहान हिड्डुल गर्न समेत समस्या पार्ने गरेको भन्दै सामाजिक सञ्जालहरुमा रमाइलो पाराले विचारहरु राखिएको समेत देखिन्छ । कसैकसैले स्थानीय तहले लामखुट्टे नियन्त्रण गर्नु पर्ने आवाज समेत उठाउदै आएका छन ।

हरेक वर्ष गर्मीयाममा तराईमा लामखुट्टे आँतक हुने गरेको छ । तर पनि लामो समय देखि स्थानीय स्तरबाट लामखुट्टे नियन्त्रणका लागि बिषादी छर्कने काम हुन नसकेको छैन । यस पटकको गर्मीयामको सुरुवात देखिनै लाम खुट्टेको आतंक अत्याधिक बढी रहेको समयमा इटहरी उपमहानगरपालिकाले बुधवार देखि लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने भएको छ । उपमहानगरपालिकाले २०वटै वडामा क्रमिक रुपमा विषादी छर्ने सार्वजनिक सुचना गरेको छ । साँझ ६ बजे देखि वेलुका ११ बजे सम्म बिषादी छर्ने उल्लेख गर्दै विषादी छर्ने क्षेत्रमा खाना विषादी छर्ने समय भन्दा अघिनै खाइ सक्नु पर्ने , खाना छोपेर राख्न अनुरोध गरेको छ । त्यसै गरी बालबालिका , जेष्ठनागरिक , अशक्त र गर्भवतीलाई घर भित्रै बस्नु समेत अनुरोध गरिएको छ ।

बिषादी छर्ने तालिका यस प्रकार रहेको छ ।

 

तपाईको प्रतिक्रिया