भन्नेहरुले यो पनि भनेका छन कि शत्रु कमाउन नराम्रो हैन, राम्रो गर्नाले पनि शत्रु आर्जन गर्न सकिन्छ आजकल । जमना यस्तो भैदियो कि राम्रो कामको आरिस गर्नेहरु नै शत्रु बनिदा रहेछन भन्ने प्रमाणित इटहरीका व्यवसायि बलराम आर्चायले फेसबुकमा पोष्ट गरेको एउटा तस्विरहरुबाट देखियो ।

उनले आफनो धरान स्थित गोरखा डिपाटमेन्ट स्टोरको साईन बोर्ड अकिंत ब्यानरमाथि आक्रमण गरेको फोटो सहित फेसबुकमा पोष्ट गरेका छन ।

आर्चायले केही महिना अघिमात्र धरानमा आफनो नयाँ शाखा संञ्चालन गरेका थिए । आधुनिक भवन सहित करिब ३ हजार आईटमका सामान एउटै भवनमा पाउने सेवा धरानवासीलाई प्रदान गरेका थिए । यस शाखामा सिनेमा हल, बार र रेष्टुरेन्ट सहितको सुबिधा छ ।

आर्चायले धरान शाखाको उदघाटनमा पनि भनेका थिए, कि नयाँ शाखा संञ्चालन गर्नु चुनौति सगै सफलता पनि हो ।

तर उनले पोष्ट गरेको तस्विरहरुबाट यो पनि सन्देश दिन्छ कि उनलाई धरान शाखा संञ्चालन गर्दा धेरै चुनौति आइ लागेका रहेछन । उनले पोष्ट गरेको तस्विर हेर्दा लाग्छ यो पकै कसैको व्यवसायिक रिस हो ।

धरानमा अहिले भाटभटेनी र बराह सपिङ सेन्टर संञ्चालनमा छन । पकै पनि एउटा शहरमा तिन चारवटा डिपाटमेन्ट स्टोर हुनु व्यवसायीक चुनौती हो ।

साईन बोर्ड अकिंत ब्यानरमाथि लाग्छ धारिलो बस्तुले काटेको प्रष्ट देखिन्छ । ५ औ शाखा धरानमा संञ्चालन भएको सुचना अकिंत ब्यानरलाई रिसले तोडफोड गर्न खोजिएको देखिन्छ ।

उनले पोष्ट गरेको तस्विरहरुमा कमेन्ट गर्नेहरुको दाबी पनि अलग अलग छ । कसैले भनेका छन यो प्रगति देखेर जल्नेहरुको काम होला सायद, जल्नेहरु खरानी हुन्छन, छानबिन हुनु जरुरी छ, दरिद्र मानसिक्ताको उपज भनेका छन ।

तर समग्रमा बुझने हो भने यो घटना व्यवसायिक रिस मान्नै पर्छ । जस्ले गर्यो उसैले यो पनि बुझन आबश्यक छ कि अरुको सफलता देखेर रिस भन्दा केही सिक्न अति लभदाय हुनेछ ।

तपाईको प्रतिक्रिया