इटहरी, नेपाल चेलिबेटी अपाङ्ग महिला समाज इटहरीको आयोजना तथा युनाईटेड मिशन टु नेपालको सहयोगमा अपाङ्गता भएका सुनसरीको हरिनगराका नौ जना असक्त परिवारलाई ह्वीलचेयर वितरण गरेको छ ।
युनाईटेड मिशन टु नेपालको सहयोगमा नेपाल अपाङ्ग महिला चोलिबेटी समाज इटहरीले हरीनगरा–२ कि अपाङ्गता भएकी नाजविन खातुन,जगदेव उराव, कृष्णदेव उराव प्रमिदेवी महतो वडा नम्वर १ का राजदेव मलाह, वडा नम्वर ४ का रोजेन्द ्रप्रसाद अषिदेवलाई ह्वीलचेयर प्रदान गरिएको हो । यसैगरी देवानजञ्ज–२ का निदासाकुमारी गुप्ता वडा नम्वर ६ की खारविना मियाँ,हरिनगरा ७ का अनस मियाँलाई नेपाल चेलिबेटी अपाङ्ग महिला समाजकी दिलकुमारी राई लगायतको टोलीले उनीहरुको घर घरमा गएर आवत जावतमा सजिलोका लागी ह्वीलचेयर उपलब्ध गरेको हो ।
नेपाल चेलिबेटी अपाङ्ग महिला समाजकी अध्यक्ष दिलकुमारीे राई लगायतको ह्वीलचेयर वितरणमा सक्रिय टोलीले उनीहरुलाई ह्वीलचेयरमा बस्ने र चलाउने प्रविधि एवम तरिका सिकाउँदै ह्वीलचेयरमा बसेर एक गाउँदेखि अर्को स्थानमा जाँदा अपनाउनु पर्ने सावधानीका विषयमा समेत ज्ञान दिने कार्य गरिएको छ ।
यसैगरी नेपाल चेलिबेटी अपाङ्ग महिला समाजले यो बर्ष सुनसरी र मोरङ्ग जिल्लाको विभिन्न स्थानीय तहमा अपाङ्गता भएका ७० जना मानिसलाई ह्वीलचेयर वितरण गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया